Sep 14, 2024
निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छः अध्यक्ष ढकाल (२०८१/५/२९)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको वताउनु भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गर्नुभयो । 



नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ, उहाँले भन्नुभयो, सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुन्छ । 

ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको कुरा पनि बताउनुभयो । उहाँले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने वताउनुभयो । 

ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संसोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराउनुभयो । यसैगरि उच्च विदेशी विनिमय संचिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।  

भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको वताउनुभयो । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको पनि उहाँले वताउनुभयो ।


Only a private sector promotion policy can improve economy: Dhakal

Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry, has stated that the private sector needs a stable policy environment to operate freely. During a meeting with the International Monetary Fund (IMF) mission, Dhakal urged the IMF to understand Nepal's economy and social structure and provide policy advice accordingly.

"Nepal's economic structure and characteristics are somewhat different," he said, adding that delays in reforms would occur if policies were not tailored accordingly.

Dhakal also pointed out that Nepal's banking system currently has high liquidity, and although interest rates have decreased, there is still low demand for investment from the private sector. He stated that the FNCCI has urged banks to provide flexibility in lending on their own terms, adding that excessive regulation could erode confidence in both the banking sector and private businesses.

Dhakal expressed confidence that the new generation of reforms announced by the government on the advice of the private sector could provide solutions.

Dhakal informed the mission that eight laws had been amended and a draft bilateral investment agreement had been prepared to increase investment during the recent investment summit. Similarly, he urged the IMF to assist in promoting Nepal as a foreign investment. Dhakal stated that even with high foreign exchange reserves and a positive balance of payments the country had not been able to attract foreign investment. 

During the meeting, IMF Mission Chief Dr Sarwat Jahan said that the IMF had come to assist Nepal. She also stated that the IMF has always been positive about the need to give importance to the private sector.


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by