Sep 06, 2024
महासंघद्वारा प्यारालम्पिकमा काश्य पदक बिजेता पलेशा गोवर्द्धन सम्मानित - अध्यक्ष ढकालद्वारा आफ्ना सदस्य र समग्र निजी क्षेत्रलाई खेलकुदमा सहयोग बढाउन आव्हान (२०८१/५/२१)

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय श्री पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्द्धनलाई रु तीन लाख, प्रशिक्षक श्री कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक श्री रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँ सहित सम्मान गरेको हो । गोवर्द्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले श्री गोवर्द्धन, प्रशिक्षक र म्यानेजरलाई वधाई ज्ञापन गर्नु हुँदै यसरी सम्मान गर्न पाउदा खुशी लागेको वताउनुभयो । साथै उहाँले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि श्री गोवर्द्धन लगायत अन्य खेलाडि र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गर्नुभयो । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ उहाँले भन्नुभयो, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार संगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।’



गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गर्नुभएको छ । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो । 

गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताउनुभयो । महिलाहरूको ५७ के.जी. के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पार्नुभएको थियो । 

पेरिस प्यारालम्पिकमा गोवर्द्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैह्र नाफामूलक संस्था हो ।



FNCCI felicitates Paralympic Bronze Medalist Palesha Govardhan

The Federation of Nepalese Chambers of Commerce and Industry on Friday felicitated 21-year-old Palesha Govardhan, the bronze medalist in Taekwondo at the Paralympics. Govardhan was awarded a cash prize of Rs 300,000, while her coach, Kaviraj Negi Lama, and manager, Ramchandra Shrestha, received Rs 125,000 and Rs 75,000 respectively. Govardhan is the first Nepali athlete to clinch a medal at the Paralympics.

Addressing the gathering, Chandra Prasad Dhakal, President of Federation of Nepalese Chambers of Commerce and Industry, congratulated Govardhan, her coach and manager, expressing his pride and joy. He urged FNCCI's members and the entire private sector to extend their support to talented athletes like Govardhan and foster the growth of sports in Nepal. "Nepali youth are brimming with talent," he emphasised, "And just like in other countries, our private sector, alongside the government, must play a pivotal role in promoting sports."

Govardhan's bronze medal in the 2024 Paris Paralympics has ushered in a new era for Nepali sports. This is a historic first for Nepal in the Olympics.

Govardhan expressed her belief that her success would inspire future generations of athletes. She secured the bronze medal in the women's 57 kg K-44 category by defeating Serbia's MarijaMicev 15-8.

According to Dhakal, Govardhan's historic victory at the Paris Paralympics has set a new benchmark for Nepali athletes on the global stage and is a momentous occasion for Nepal. FNCCI, as a non-profit organisation, represents Nepal's private sector.
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by