Aug 30, 2024
खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट नियमन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१४ भदौ, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा आज खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट नियमन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाको आयोजना एवम् उद्योग वाणिज्य संघ–चितवनको सहआयोजनामा खाद्य उद्योगी व्यवसायीहरूलाई लक्षित गरी खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटबाट हुने हानि लगायत सो सम्बन्धी नीतिका बारेमा जानकारी गराने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले मानिसको स्वास्थ्यमा असर पार्ने ट्रान्स फ्याट हुने खालका खाद्यान्न उत्पादन गर्दा सम्बन्धित उद्योगी व्यवसायीले मादण्डका बारेमा ध्यान दिएर बस्तु उत्पादन गर्न अनुरोध गर्नुभएको भयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न समयमा परिवर्तीत नीति नियमका बारेमा उद्योगी व्यवसायीहरूलाई सचेत गराउनुपर्ने बताउँदै उहाँले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनमा पनि भएकाले उक्त कार्यालयलाई पूर्ण अधिकार प्राप्त कार्यालय बनाई सो कार्यालय अन्तरगतको कार्य गर्न यहाँका उद्योगी व्यवसायीहरू हेटौडा जानुपर्ने वाध्यता हटाउन माग गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख विनोद पौडेलले उद्योग तथा वाणिज्य कार्यालयद्धारा उद्योगी व्यवासयीहरू दिने सेवाका बारेमा जाकारी गराउँदै उहाँले कार्यालयले उद्योगी व्यवसायीहरू आवश्यक  तालिमहरू प्रदान गरिदै आईरहेको बताउनुभयो । उहाँले तालिमका बारेमा जानकारीको लागि कार्यालयको वेव साइड वेला वेला भिजिट गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडा कार्यालय प्रमुख काशीनाथ घिमिरेले कार्यपत्र पस्तुत गर्दै खाद्य स्वच्छता,  खाद्य सम्बन्धी नीति नियमका बारेमा जानकारी गराउँदै व्यवसायीहरुका गुनासाहरू सम्बोधन गर्नुभएको थियो ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडाका खाद्य अनुसन्धान अधिकृत अमृता राईले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष दय राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर के.सी कार्यसमिति सदस्य श्रीकृष्ण लम्साल, मणिरत्न शाक्य, कार्यालय प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका कार्यालय प्रमुखसौरभ श्रेष्ठ, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट, होस्टेल व्यवसायी संघ चितवन अध्यक्ष आरती शाह लगायत ६० जना उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडा कार्यालय प्रमुख काशीनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by