Aug 17, 2024

अर्थ मन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा महासंघले यसलाई सकारात्मक रुपमा लिएको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो । 

अर्थतन्त्र सम्वद्ध क्षेत्र बीच समन्वयको अभाव, निजी क्षेत्रको नीतिनिर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकार समक्ष राखेको थियो । “महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु, महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले भने ।

यसलाई अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल सहित मन्त्रालयलाई महासंघ धन्यवाद ज्ञापन गर्दछ । महासंघले मितव्ययी रुपमा आयोग संचालनको ढाँचा पनि प्रस्ताव गरेको छ । 


Formation of an Economic Reform Commission a positive step
 
The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) has welcomed the Ministry of Finance's inclusion of the formation of a high-level economic reform commission in its 100-day programme. The FNCCI had been demanding a high-level commission to coordinate reforms. 

Given the lack of coordination among economic sectors, limited access of the private sector to policy-making levels, and the current need to revitalise the economy in the short- and long-term and achieve sustainable economic development, the FNCCI had proposed the commission to the government. "I would like to thank the government for prioritising the commission as per the FNCCI's proposal," said Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry.

The FNCCI expresses its gratitude to Deputy Prime Minister and Minister of Finance Bishnu Paudel and the Ministry of Finance for including this in the 100-day priority. The FNCCI has also proposed a framework for operating the commission in a cost-effective manner.

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by