Aug 15, 2024
जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी सँग छलफल

३१ साउन , भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको सचिवलयमा आज एक कार्यक्रमका विच जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी  सँग चितवनको व्यावसायिक विकासका विषयमा छलफल भएको छ ।

कार्यक्रममा जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भीलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवन र चितवनसँग सिमा जोडिएका क्षेत्रहरूलाई आर्थिक जोनको रुपमा विकास गर्न छिमेकी उद्योग वाणिज्य संघहरू लगाएत निजी क्षेत्रका संघ संस्थाहरू सम्मिलित तालिम तथा गोष्ठीको आयोजना गर्नका लागि  जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भीलाई सहयोग आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले महिला उद्यमी लगाएत यहाँको व्यवसायीहरू आवश्यक कर तथा लेखा सम्बन्धी तालिम प्रदान लगाएत चितवन जिल्लाको सामाजिक आर्थिक विकासका क्रियाकलापमा उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गर्न जिआईजेडका राजश्व प्रशासन परियोजनालाई अपिल गर्नुभएको थियो ।

जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी उद्योग वाणिज्य संघ–चितवन सँग सहकार्य गरेर यहाँको उद्यमीहरुलाई आवश्य कर तथा लेखा सम्बन्धी तालिम लगाएत चितवनको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले उद्योगी व्यवसायीहरुको समस्यालाई मध्यनजर गर्दै निशुल्क रुपमा सेवा प्रदान गर्ने गरी  आन्तरीक राजश्व कार्यालयमा कर सहायता कक्ष स्थापना गरेकोमा उद्योग वाणिज्य संघ–चितवनको प्रशंसा गर्नुभएको थियो ।

भेटघाट तथा छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यक्रम अधिकृत गणेश सुवेदी, जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी, फाइनसिएल एडभाइजर नविन श्रेष्ठको सहभागिता रहेको थियो ।

जिआईजेडका राजश्व प्रशासन परियोजनाका कार्यक्रम  प्रमुख  स्याड मेडी राज रेज्भी, फाइनसिएल एडभाइजर नविन श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले आन्तरीक राजश्व कार्यालयमा सञ्चालन गरेको कर सहायता कक्षको समेत अवलोकन गर्नुभएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by