Jul 26, 2024
क्षमता अविवृद्घि एवम् उद्घोषण कला तालिम सम्पन्न

११ साउन , भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको  तालिम कक्षमा आज दुई दिने क्षमता अविवृद्घि एवम् उद्घोषण कला तालिम सम्पन्न भएको छ । फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका पदाधिकारी कार्यसमितिको क्षमता अविविद्धि तथा उद्घोषण कलाको विकास गराउने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवन र फलफुल व्यवसायी संघ चितवनको सयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमको वोल्दै उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवम् तालिम संयोजक सुनिता लिगल कर्मचार्यले संघले उद्योगी व्यवसायीहरुले माग गरेको कार्यक्रमहरु गराउदै आएको र अन्य कुनै व्यवसायीलाई केही तालिम आवश्य परे संघ उलब्ध गराउन सधै तयार रहेको बताउदै तालिमको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा फलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष जयराम पण्डेले तालिमका लागि सहयोग गरेकोमा उद्योग वाणिज्य संघ–चितवनलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संंघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले प्रत्येक व्यक्तीमा फरक फरक क्षमता हुने तर पहिचान गर्न नसक्नाले सफलता प्राप्त हुन ग्राहो हुने हुनाले आफ्नो क्षमता पहिचान गर्नुपर्ने बताउनु भयो । उहाँले अभिव्यक्ति विना मान्छे पूर्ण नहुने भन्दै अभिव्यक्त गर्ने क्षमताको विकास गर्न जोड दिनु भयो ।

कार्यक्रमका प्रशिक्षार्थी  एवम् फलफुल तथा तरकारी थोक व्यवसायी संघका महासचिव काशीराम सापकोटाले तालिम लाभदायक भएको तर समय छोटो भएको गुनासो गर्दै आगामी दिनमा पनि आवश्यक परे तालिम उपलब्ध गराईदिन उद्योग वाणिज्य संघ–चितवनलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा पहिलो दिन मनोज पन्त पशिक्षक रहनु्भएको थियो भने दोस्रो दिन करिष्मा थाप पन्त प्रशिक्षक रहनुभएको थियो ।

कार्यक्रममा फलफुल तथा तरकारी थोक व्यवसायी संघका निवर्तमान अध्यक्ष एवम् उवासंघ–चितवनका कार्यसमिति सदस्य मुकुन्द प्रसाद गौतम, फलफुल तथा तरकारी थोक व्यवसायी संघका सल्लाहकार बाबुराम घिमिरे लगाएत पदाधिकारी तथा कार्यसमितिको उपस्थिति रहेको थियो ।

उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवम् तालिम संयोजक सुनिता लिगल कर्माचार्यको अध्यक्षतामा भएको उक्त तालिमको उद्घाटन एवम् समापन कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम साउन १० देखी शुरु भएर ११ गते समापन भएको उक्त तालिममा १५ जना प्रशिक्षर्थी रहनुभएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by