Jun 21, 2024
मुटु तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

७ असार भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज मुटु तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सचेतना कार्यक्रम उद्योग वाणिज्य संघ–चितवन, चेम्बर बहुउद्देश्यीय सहकारी संस्था, चितवन मुटु अस्पताल र नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखाको संयुक्त आयोजनामा भएको हो ।

मुटु जोगाउ स्वस्थ बनौ भन्ने नारा सहित आयोजना गरिएको उक्त कार्यक्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायिक जीवन व्यस्त रहेकाले व्यक्तिगत स्वास्थ्य सम्बन्धी पनि ध्यान दिलाउन सचेतना कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले स्वास्थ्यनै सम्पती हो भन्ने मन्त्रलाई आत्मसाथ गर्दै विभिन्न समयमा संघले स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू आयोजना गर्दै आईरहेको बताउदैँ उहाँले व्यवसायीहरू धेरै समय व्यावसायिक कार्यमा व्यस्त हुने हुनाले र आप्mनो स्वास्थ्य सम्बन्धमा ध्यान नदिईरहेकोले हामी स्वास्थ्य भए मात्र आर्थिक, सामाजिक विकास गर्न सक्षम हुने बताउदैँ उहाँले व्यवसायी एवम् सबैलाई स्वास्थ्यलाई ख्याल राखेर कार्यगर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका प्रशिक्षक चितवन मुटु अस्पतालका विशेषज्ञ डा. शंकर लौडारीले मुटु तथा मुटुरोगका बारेमा जानकारी गराउदै मुटुरोगको सबैभन्दा राम्रो प्रभावकारी उपचार सचेतना भएको बताउनु भयो । उहाँले मुटुरोग बाट बच्ने उपायहरु, हृदयघात हुने कारण, मुटुरोगका लक्षण, समस्याका बारेमा जानकारी गराउदैँ सहभागिहरुको जिज्ञासा संवोधन गर्नुभएको थियो ।

कार्यक्रममा चेम्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद श्रेष्ठ, उद्योग वाणिज्य संघ–चितवनको पूर्व अध्यक्ष देशीराम प्रधान, राजन गौतम, नेपाल हृदयरोग प्रतिष्ठान बागमती प्रदेशका संयोजक भोजराज कौडाल, चितवन शाखाका अध्यक्ष अशोक अधिकारी, उवसंघ चितवन वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदी, उपाध्यक्ष दय राजेन्द्र ओली, नारायण प्रधान लगाएत संघका कार्यसमिति वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी, चेम्वर बहुउद्देश्यीय सहकारी संस्था लि. का कार्यसमिति पदाधिकारी, उपसमितिका सदस्य एवम् उद्योगी व्यवसायी गरी करिव ८० जनाको सहभागिता रहेको उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभएको थियो ।

उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रम नारायणगढ संघका कार्यकारी निर्देश निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by