Jun 05, 2024
आर्थिक विधेयकमा कर सम्बन्धी व्यवस्थाका बारेमा अन्तरक्रिया

२३ जेठ , भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज आर्थिक विधेयक २०८१ ले प्रदान गरेका छुट सुविधा तथा कर प्रशासन स“ग सम्बन्धित ऐन नियमावलीमा भएका संशोधन सम्बन्धीमा छलफल तथा अन्तरक्रियका कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको र आन्तरिक राजश्व कार्यालय भरतपुरको आयोजना तथा चार्टड एकाउन्टेन्ट एशोसिएसन अफ चितवनको  समन्वयमा भएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघ व्यवसायीहरुको समस्या समधानमा सधै सक्रिय भएर लाग्ने बताउदैँ उहाँले कर तथा राजश्व नीतिका बारेमा अन्य तालिमको आवश्यक परे संघ तालिम प्रदान गर्न सधै तयार रहेको बताउनुभयो । उहाँले आर्थिक विधेयक २०८१ ले प्रदान गरेका छुट सुविधा तथा कर प्रशासन स“ग सम्बन्धित ऐन नियमावलीमा भएका परिवर्तनका बारेमा उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना बताउनु भएको थियो । कार्यक्रममा वोल्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईले कर तथा राजश्व सम्बन्धी केही गुनासो भएमा निर्धक भएर कर कार्यालय आउन अनुरोध गर्दै करका बारेमा सिकाउन कार्यालय सधै तयार रहेको बताउनु भयो ।

कार्यक्रममा स्रोत व्यक्ति एवं आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गंगाराम अर्यालले व्यवसायीहरूलाई आर्थिक विधेयक २०८१ ले प्रदान गरेको कर छुट सहुलियत एवं विद्यमान कर व्यवस्थामा भएका परिवर्तनका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरूले व्यवसायीहरूका गुनासाहरू सम्बोधन गर्दै करका नियमहरूका बारेमा पनि जानकारी गराउनुभएको थियो । कार्यक्रममा चार्टड एकाउन्टेन एशोसिएसनका चितवनका सिए विशाल भट्टराईले पनि कर सम्बन्धी प्रस्तुती दिनुभएको थियो ।

उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति सदस्यहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी एवम् उद्योगी व्यवसायी लगायत ८० जना भन्दा बढी व्यवसायीहरूको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by