May 24, 2024
व्यवसायिक कानुनका विषयमा अभिमुखिकरण कार्यक्रम सम्मपन्न

११ जेठ, भरतपुर,

उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज एक दिवसीय व्यवसायिक कानुनका विषयमा अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघमा आवद्ध उद्योगी व्यवसायीहरुलाई व्यवसायिक कानुनका बारेमा सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले कानुनी विषयमा अन्जानमा गल्ति भएको भन्ने नहुने भएकाले आफ्नो व्यवसाय सँग सम्बन्धित कानुन जान्न उद्योगी व्यवसायीहरुलाई अनुरोध गर्दै उहाँले व्यवसायीहरुलाई कनुनका विषयमा सजग गराउन कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख स्रोत व्यक्ती सवोर्च अदालतका वरिष्ठ अधिवक्ता एवम् उद्योग वाणिज्य संघ–चितवनको पूर्व कानुनी सल्लाहकार प्रभु कोईरालाले कर्पोरेट कानुन, वाणिज्य कानुन र प्रचलित सार्वजनिक खरिद ऐन एवं सर्बोच्च अदालतको व्याख्या÷नजीरका सम्बन्धमा जानकारी गराउदैँ उहाँले उद्योगी व्यवसायीहरुको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर केसी, संघका सल्लाहकारज्यूहरु, विशिष्ट सदस्यज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, कर्पोरेट सदस्यज्यूहरु, संघमा आवद्ध उद्योगी व्यवसायीज्यूहरुको सहभागिता रहेको थियो । उद्योग वाणिजय संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवदेले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by