May 22, 2024
सामुदायिक होमस्टेको प्रवर्द्धन गर्दै उवासंघ–चितवन

९ जेठ, भरतपुर

भरतपुर महानगरपालिका वडा नं २८ जितपुर शिशावासमा स्थित कुमाल सामुदायिक होमस्टेको प्रवर्द्धन सम्बन्धी उद्योग वाणिज्य संघ–चितवन र कुमाल सामुदायिक होमस्टे विच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले होमस्टेले नेपालको पर्यटन विकासका साथै कला संकृतिको जगेर्ना गर्न सहयोग पुर्याउने  बताउनु भयो । उहाँले होमस्टे सञ्चालनले टिपिकल रैथाने खानाको प्रवर्द्धन हुनका साथै स्थानिय आय स्रोतमा समेत वृद्धिहुने बताउदैँ उहाँले होमस्टेका सञ्चालक महिलाहरुलाई जिवन स्तर माथि उकास्न आवश्यक तालिम सेमिनारहरुको मागका आधारमा संघले उपलब्ध गराउने बताउनुभएको थियो ।

कार्यक्रममा कुमाल सामुदायिक होमस्टेका अध्यक्ष ताराचन मास्केले उद्योग वाणिज्य संघ–चितवनले कुमाल सामुदायिक होमस्टेको प्रवद्र्धन कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा आभार व्यक्त गर्दै सम्झौता अनुरुप कार्यगर्न तयार रहेको बताउनुभएको थियो । उद्योग वाणिज्य संघ–चितवनले कुमाल सामुदायिक होमस्टेको प्रवद्र्धकको भूमिका निर्वाह गर्नुपर्ने र होमस्टेको सेवा सुविधाको बारेमा प्रचार प्रसार तथा परिचयात्मक ब्रोसर छपाई गर्ने एवम् परिचयात्मक वोर्ड राख्नुपने सम्झौता पत्रमा उल्लेख गरिएको छ । साथै संघद्धारा प्रकाशन हुने वुलेटिन लगायतका समाग्रीहरुमा  होमस्टेको जानकारीका बारेमा  प्रकाशन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।  उद्योग वाणिज्य संघ–चितवनले कुमाल समुदायिक होमस्टेमा सञ्चालकहरु द्धारा उत्पादित अर्गानिक बस्तुहरुको बजारीकरणमा सहयोग गर्ने तथा प्रवद्र्धन र व्यवस्थापनका लागि सम्बन्धित निकायमा सहयोग माग गर्नमा समेत सहजीकरण गर्ने सम्झौतमा उल्लेख रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभएको थियो । संघको प्राथमिकताको क्षेत्रमा रहेका कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन अन्र्तगत पर्यटन प्रवर्द्धनार्थ उक्त सम्झौता गरिएको हो । संघले निकट भविस्यमा कृषि प्रवर्द्धनार्थ अन्तराष्ट्रिय स्तरको कृषिमा लगानी बिषयका कार्यक्रम आयोजना गर्न लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराउनु भयो ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर के.सी, कुमाल सामुदायिक होमस्टेका अध्यक्ष ताराचन मास्के, सचिव पदमबहादुर कुमाल, सल्लाहकार केशवप्रसाद लम्सालको सहभागिता रहेको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by