May 17, 2024
व्यवसायीक समस्या समाधान र सहकार्य गर्न प्रतिवद्ध छु -  महावाणिज्य दुत डि.एस. मिना ।

४ जेठ, नारायणगढ,

नेपालका लागि भारतिय महावाणिज्य दुत डि.एस. मिनाले नेपाली व्यवसायी संग सम्बन्धित समस्या समाधान गर्न र सहकार्य गर्नमा महावाणिज्य दुतावास सदैव तयार रहेको बताएका हुन् । उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा आयोजना गरेको स्वागत तथा अन्तरिक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले उद्योग वाणिज्य संघ चितवनले आयोजना गर्न लागेका कार्यक्रममा सहयोग र सहकार्य गर्ने समेत बताएका छन् ।

कार्यक्रममा मन्तब्य राख्दै संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ भारत र नेपाल वीचको सम्बन्ध ऐतिहांसीक भएको बतउदै दुवै देश वीच समाजिक, सांस्कृतिक, भौगोलिक एवम् आर्थिक समानाता पाईने बताउंदै एक अर्का वीच सहकार्य हुनुपर्ने बताउनु भयो । कार्यक्रममा उहांले मुख्यतया नेपाली व्यवसायीहरुलाई भारत प्रवेश गर्दा, सामान आयात गर्दा हुने समस्यालाई समाधान गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा श्रेष्ठले द्धिराष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि उवासंघ चितवनले लगानी चितवन बिषयक कार्यक्रम आयोजना गर्न लागेको बताउंदै सहकार्यको लागि अनुरोध गर्नुभयो । उहांले बर्ष २०२४ लाई भरतपुर भ्रमण बर्षको रुपमा मनाईरहेको बताउंदै यो बर्षमा भारतका उद्यमी व्यवसायीहरुलाई भरतपुर भ्रमणका लागि समन्वय गर्न अनुरोध गर्नुभयो ।

सोही कार्यक्रममा संघका निबर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले खुला बजार नीति, खुला सिमा र व्यक्तिगत सम्बन्ध समेत रहेको भारत र नेपाल वीच र्आिर्थक समृद्धिका सवालमा सहकार्य गर्नुपर्ने बताउनु भयो ।

सोही कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनको तर्फबाट अध्यक्ष सुमन कुमार श्रेष्ठले २ फरक फरक कार्यक्रमका प्रस्तावनाहरु महावाणिज्य दुत डि.एस. मिनालाई हस्तान्तरण गर्नुभयो भेन प्रस्तावना ग्रहण गर्दै महावाणिज्य दुत मिनाले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजेनद्र ओलीले भारतिय उद्यमी र लगानी कर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा संघका पदाधिकारी विशिष्ट सदस्य, सल्लाहकार, कार्यसमिति सदस्य, वस्तुगत संघका सदस्य , नेपाल भारत मैत्री संघका अध्यक्ष, सचिव लगाएतको उल्लेख्य उपस्थिति रहेको थियो ।संघका अध्यक्ष सुमन कुमार श्रष्ेठको अध्यक्षतामा भएको उक्त कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by