May 15, 2024
उवासंघ चितवनद्धारा कुमाल सामुदायिक होमस्टेका महिलालाई आचार बनाउने तालिम सुरु

२ जेठ, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् कुमाल सामुदायिक होमस्टेको समन्वयमा ३ दिने अचार बनाउने तालिम सुरु भएको छ । तालिम भरतपुर महानगरपालिका वडा नं २८ स्थित रहेको कुमाल सामुदायिक होमस्टेमा त्यहाँका सञ्चालक महिलाहरुलाई दिईएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्यमशिलता विकासको लागि सिप आवश्यक पर्ने बताउँदै उहाँले संघले जिल्लाका सबै तह र तप्काका उद्यमीलाई उद्यमशिलता तर्फ उन्मुख गराउन संघ प्रयत्नसील रहेको बताउनु भयो । उहाँले नेपालीको खानानै पर्यटकको रोजाईमा पर्ने हुनाले यसलाई विविधिकरण गर्दै लैजान पर्ने बताउदैँ उहाँले आगामी दिनमा थप तालिमको आवश्यकता भएमा दिन संघ सदैव तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष दण्डपाणी रिजालले उद्योग वाणिज्य संघ–चितवन संग सहकार्य गर्न वडा तयार रहेको बताउँदै उहाँले आगामी दिनमा मिलेर काम गर्ने बताउनुभएको थियो । उहाँले प्रशिक्षार्थीहरुलाई राम्रोसंग सिक्न आग्रह गर्नु हुँदै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कुमाल सामुदायिक होमस्टेका सल्लाहकार श्याम अधिकारीले यो विकट दुर्गम स्थानमा आएर तालिम प्रदान गर्नुभएकोमा उद्योग वाणिज्य संघ–चितवन प्रति आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवम् तालिम संयोजक सुनिता लिगल कर्माचार्यले तालिमको उद्घाटन सत्र समापन गर्दै उहाँले तालिमबाट सिकेको कुरा व्यवहारमा ल्याई उद्यमशिलतामा ढाल्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको कार्यकारी निर्देशक निलबहादुर के सी, भरतपुर महानगरपालिका वडा नं २८ का वडा सदस्यज्यूहरु लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्र कुमाल सामुदायिक होमस्टेका सह सचिव चन्द्रमायाँ कुमालले सञ्चालन गर्नुभएको थियो । उक्त तालिमको प्रशिक्षक चित्रा गुरुङ रहनुभएको छ भने तालिममा २५ जना प्रशिक्षार्थीहरु सहभागी रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by