Apr 24, 2024
नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता (२०८१/१/१२)
              
नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । 

कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । परिषदले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ । 

तिव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसंग सम्वादका लागि परिषद स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।

नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ । खाडि मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरि पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ । 

परिषद स्थापनापछि दुइ चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राख्नु भएको छ । ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भन्नुभयो । 

यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदका मार्फत थप सहकार्यका लागि थप काम गरिने बताउनुभयो । ‘कतारको तिव्र आर्थिक बिकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ, ’ महासंघका अध्यक्ष ढकालले भन्नुभयो । यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदको स्थापना पछि नेपालको जल विद्युत,  पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ वताउनुभयो ।

यसैगरि महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नविकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो । 

उक्त सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो । महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको हो । त्यसयता दुइ चेम्बरले लगानी र व्यापार प्रवर्द्धनमा विविध सहकार्य गर्दै आइरहेका छन । 


Nepal-Qatar Joint Business Council formed: FNCCI and Qatar Chamber renew memorandum of understanding 

A Joint Business Council between Nepal and Qatar has been established, which includes the private sectors of both the nations. An agreement was reached between the two chambers on Wednesday for the establishment of a council headed by President of Federation of Nepalese Chambers of Commerce and Industry, Chandra Prasad Dhakal, and President of Qatar Chamber, Sheikh Khalifa bin Jassim Al Thani.

The agreement was signed by FNCCI President Chandra Prasad Dhakal and President of Qatar Chamber, Sheikh Khalifa bin Jassim Al Thani in the presence of Emir Sheikh Tamim bin Hamad Al Thani of Qatar and Prime Minister of Nepal Pushpa Kamal Dahal. The council will work in the areas of business expansion, investment promotion, technology transfer and tourism promotion.

The Joint Business Council will be a permanent mechanism for dialogue with Qatar, a Gulf country experiencing rapid economic growth. The purpose of the Joint Business Council is to increase cooperation and understanding between the private sectors of Nepal and Qatar.

The council will play an effective role in attracting investments from Qatar and also expanding trade with the Gulf nation, which is known as a work destination for Nepalis. There is a high demand for agricultural products, water, herbs, spices and spice products in the Gulf countries. As Qatar is an investment destination due to its rapid economic expansion, the Joint Business Council will play an effective role in attracting investments in Nepal. The council will also work in the field of tourism promotion.

After the establishment of the council, cooperation between the two chambers is expected to further intensify and presidents of both the chambers are of the opinion that it will help in investment and business expansion. "This agreement will further increase cooperation in the coming days," said Sheikh Khalifa bin Jassim Al Thani, President of the Qatar Chamber.

Meanwhile, FNCCI President Chandra Prasad Dhakal said that there will be more initiatives taken through the council to increase cooperation between Nepal and Qatar. "The council will continue to work to benefit Nepal from Qatar's rapid economic development," said Dhakal. He added that the establishment of the Joint Business Council will help in attracting more investments in hydropower, tourism infrastructure, agro-processing and information and communication technology sectors. 

In addition, the agreement between FNCCI and Qatar Chamber has also been renewed. The new agreement was signed by FNCCI President Chandra Prasad Dhakal and Qatar Chamber President Sheikh Khalifa bin Jassim Al Thani.

This agreement was also signed in the presence of Sheikh Tamim bin Hamad Al Thani, Emir of Qatar and Prime Minister of Nepal Pushpa Kamal Dahal. The first agreement between FNCCI and Qatar Chamber was made in 2005. Since then, the two chambers have been cooperating in various ways for investment and business promotion.

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by