Mar 31, 2024


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि ढकाल थिए । गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए । महासंघको विधानमा बार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे ।

ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासंघको वार्षिक साधारण सभा आयोजना गर्ने बताए । उनले महासंघको अध्यक्षको हैसियतमा पहिलो वर्ष नै संकटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको बताए ।

महासंघका अध्यक्ष ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने बताए । ढकालले लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताए । यसैबीच उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले बुझेका छैनन्, वहाँले जानकारी दिनुभयो ।

राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको अध्यक्ष ढकालले बताए । बजार अनुगमन बढेको गुनासो आइरहेको उनले बताए । वहाँले नियमविपरीत काम नगर्न व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रलाई आतंकित नगर्न सरकारसँग आग्रह गरे ।

निजी क्षेत्रको आत्तिइरहने हो भने राजस्व सङ्कलन प्रभावित हुने र सरकार चलाउन गाह्रो हुने उनले बताए । यस वर्षको वार्षिक साधारण सभामा हामीले सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई आमन्त्रण गरेका छौं र राम्रो व्यापारिक वातावरणका लागि हामी उहाँहरूको प्रतिबद्धता खोज्नेछौं, वहाँले जानकारी दिनुभयो ।

अध्यक्ष ढकालले महासंघले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासंघको स्वामित्वमा नहुने जानकारी दिए । हामी लगानी कम्पनी स्थापना र प्रवर्द्धन गर्न प्रारम्भिक पहल मात्र गर्नेछौं। मुलुकभरका व्यवसायीलाई एकै ठाउँमा ल्याउने पहल भएको र पछि व्यावसायिक रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । गैरआवासीय नेपाली तथा अन्य निजी क्षेत्रका संस्थाले पनि यसमा लगानी गर्न सक्ने उनले बताए ।   


Improvement in foreign exchange reserves should be utilised to improve domestic market: FNCCI President Dhakal (2024/3/31)

President of Federation of Nepalese Chambers of Commerce and Industry, Chandra Prasad Dhakal, has mentioned that external sector stability should be utilised to improve the domestic sector of the economy. 

FNCCI President Dhakal said so during the annual meeting of the Gandaki Province Chamber that was held on Saturday in Pokhara. Dhakal was the chief guest of the programme. He said that the annual meetings of all the seven provinces were now over with this meeting in Gandaki. Since the FNCCI statute mentions that the annual meeting needs to be held by the end of the Nepali month of Magh(mid-February), he requested the provincial chamber to follow that rule. 

Dhakal also stated that the first year of his tenure is coming to an end and FNCCI will be hosting its annual general meeting soon. He shared that during the first year, as the president of FNCCI he has taken a lot of initiatives to improve the troubled economy, promote investment, and provide dignity to the private sector.

FNCCI President Dhakal said the improvement in foreign exchange reserves and balance of payments should be utilised to improve the domestic market. Dhakal added there is no new investment environment and the morale of entrepreneurs has decreased. At the same time, industries are again facing a situation of loadshedding and the related agencies have not realised that the government itself will suffer after production capacity of industries declines, he mentioned. 

President Dhakal also stated that since revenue has started to decrease, the government has started giving unnecessary pain to entrepreneurs. We have been receiving complaints that market monitoring has increased, he said. He also requested business people not to do anything against the rules and asked the government to stop terrorising the private sector.

He informed that if the private sector continues to panic, revenue collection will be affected and it will become difficult to run the government. In this year's annual general meeting we have invited the top leadership of all political parties and we will seek their commitment for a better business climate, he said.

President Dhakal also informed that FNCCI will soon be launching an investment company but it will not be owned by FNCCI. We will only take the initial initiatives to establish and promote the investment company. It is an initiative to bring together business people from all over the country and will later be operated commercially, he informed. He added that non-residential Nepalese and other private sector organisations can also invest in it.


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by