Mar 24, 2024
बुटवल उद्योग वाणिज्य संघमा होली मिलन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन गरिएको छ । रंगहरुको पर्व होलीको अवसरमा आईतबार संघमा होली मिलन गरिएको हो । 

त्यस अवसरमा शुभकामना व्यक्त गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई गुञ्जायस बनाउनको लागि योजना ल्याउन व्यवसायिक संघसंस्थाहरुलाई आग्रह गर्नुभयो । संघसंस्थाहरुको सुझाव सल्लाहका आधारमा नगरपालिकाले व्यवसायिक सटरहरुमा भाडादर घटाएको बताउँदै अरु के के गर्न सकिन्छ योजना बनाउन र व्यवसायिक संघसंस्थाहरुले दिएको सुझाव र सल्लाहका आधारमा नगरपालिकाले योजना निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

‘यहाँका व्यवसायिक संघसंस्थाहरुले दिएका सुझाव सल्लाह अनुसार हामी काम गर्न तयार छौं ।’ उहाँले भन्नुभयो–‘समस्या मात्रै होईन, समस्याको समाधान पनि कसरी हुनसक्छ, तपाईहरुले दिनुभएको सुझाव अनुसार हामी अगाडि बढ्छौं ।’ 

कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको खस्किदो व्यापार व्यवसायलाई चलायमान बनाउन र आर्थिक कृयाकलाप बढाउन सबैले आफ्नो आफ्नो ठाँउबाट सोंच्ने बेला आएको भनाई राख्नुभयो । उहाँले व्यापार व्यवसाय विस्थापित भएपछि त्यसलाई फेरी फर्काउन नसकिने बताउँदै विस्थापित नहुँदै कसरी जोगाउन सकिन्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको भनाई राख्नुभयो । 

कार्यक्रममा संघका पूर्वअध्यक्ष शंकरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्ति अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा सबैले आपसमा रंग साटासाट परेर शुभकामना आदानप्रदान गरिएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by