Feb 21, 2024
उद्योग वाणिज्य संघ–चितवनको कार्ययोजना गोष्ठी सम्पन्न

८ फागुन, भरतपुर

चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनको आगामी दुई वर्षे कार्यकालको लागि कार्ययोजना गोष्ठी मंगलबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त गोष्ठीले संघले २०८०–२०८२ कार्यकालमा गर्ने कार्यक्रमहरु सदस्यता मुखी कार्यक्रमहरु लगाएत चितवन जिल्लाका आर्थिक तथा सामाजिक विकास सम्वन्धी योजना एवं मिनी एक्जीवेशन सेन्टर निर्माण तथा हाइजिन फुड कोर्ट निर्माण गर्ने योजना तय गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । कार्ययोजना निर्माण गरेर काम गर्दा सफलता प्राप्त गर्न सकिने वताउँदै श्रेष्ठले योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको जानकारी गराउनुभएको थियो।

कार्यक्रममा संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले संघको स्थापनाकालिन अवस्था र विगतमा संघले गरेका क्रियाकलापहरुका बारेमा जानकारी गराउनु भएको थियो । यसैगरी पूर्व अध्यक्ष रमेशकुमार पियाले संघ स्थापना हुनुको उद्देश्य र उद्योगी व्यवसायीको वर्तमान अवस्थाको वारेमा आफ्नो धारणा राख्नु भएको थियो । पुर्व अध्यक्ष मित्रराज दवाडीले आगामी दिनमा संघले गर्नुपर्ने कामको वारेमा जानकारी गराउनु भएको थियो ।पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईले सवै राजनैतिक दलहरुले देशको अवको एजेण्डा आर्थिक विकासको वनाउनुपर्ने वताउँदै संघले आफ्नो कार्ययोजना पनि आर्थिक विकास संग सम्वन्धित कुरा पार्न सुझाव दिनुभएको थियो । पूर्व अध्यक्ष राजन गौतमले आगामी दिनमा संघलाई के गर्दा राम्रो हुन्छ र वर्तमान कार्यसमितिलाई उहाँले संघबाट निस्कदै गर्दाआफुले संघको लागि गरेको कामले गर्व महशुस गर्ने कार्य गर्न सुझाव दिनुभएको थियो ।
दुई दिनसम्म सञ्चालित गोष्ठीमा पुर्वाञ्चल विश्वविद्यालयका सहप्राध्यापक एवम् डिन डा. सन्देश दास श्रेष्ठ प्रमुख प्रशिक्षक रहनु भएको थियो भने संघका कार्यकारी निर्देशक निलबहादुर केसी र कार्यक्रम अधिकृत गणेश सुवेदीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तमलाल चुके, सहनलाल प्रधान,  राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ लगाएत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by