Nov 08, 2023
भुकम्प पीडितलाई महासंघद्वारा राहत सामग्री हस्तान्तरण (२०८०/०७/२२)
 
शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट पीडित जनताका लागि महासंघद्वारा राहत सामग्री पठाउने क्रम निरन्तर जारि छ । हालसम्म महासंघले करिब २२ लाख रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरिसकेको छ । 

महासंघ कर्णाली च्याप्टर मार्फत कार्तिक १७ गते पहिलो चरणको राहत सामाग्री हस्तान्तरण गरिएको थियो । त्यसपछि कर्णाली च्याप्टर मार्फत नै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो । 

महासंघले काठमाडौंमा गृह मन्त्रालयको विपत व्यवस्थापन समितिमार्फत कार्तिक २२ गते तेस्रो खेपको राहत सामाग्री हस्तान्तरण गरेको छ । 

महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका सामाग्री प्रभावित क्षेत्रमा पठाइरहेको छ । यसैगरि अन्य संघसंस्था मार्फत संकलित राहत सामाग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ । 

महासंघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायीहरू र व्यवसायिक संघ संस्थाहरूलाई उद्दार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ भने सहयोग आउने क्रम जारी छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by