Sep 17, 2023
रक्तदान कार्यक्रमको आयोजना

नेपाल विद्युतीय व्यवसायी महासंघ रुपान्तरण भएको दिन (२०६७ भाद्र ३०) लाई राष्ट्रिय स्तर मनाउँदै, रुपान्तरण दिवसमा सामाजिक कार्यक्रम गर्ने उद्देश्य अनुसार महासंघको आग्रहमा जिल्ला/नगर संघहरुले यहि मिति २०८० भाद्र ३० र ३१ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उक्त अवसरमा विभिन्न स्थानमा गरि जम्मा ४५५ जना व्यक्तीहरुले रक्तदान गर्नु भएको छ ।

वृहत रक्तदान कार्यक्रममा निम्नानुसारका जिल्ला/नगर संघहरुबाट निम्नानुसार रगत संकलन भएको छ । 

काठमाडौं विद्युतीय व्यवसायी संघ, सुन्धारा, काठमाडौंमा    १३४ पिन्ट
मोरङ्ग इलेक्ट्रिक संघ, विराटनगर, मोरङ्गमा    ७९ पिन्ट
इटहरी विद्युतीय व्यवसायी संघ, इटहरी, सुनसरीमा    ६९ पिन्ट
पोखरा इलेक्ट्रिकल एसोसिएशन, पोखरा, कास्कीमा     ४३ पिन्ट
विद्युत व्यवसायी संघ–चितवन, नारायणगढ, चितवनमा    ४२ पिन्ट
पूर्वी चितवन विद्युत व्यवसायी संघ, रत्ननगर, चितवनमा    ३७ पिन्ट
कैलाली विद्युतीय व्यवसायी संघ, धनगढी, कैलालीमा    ३४ पिन्ट
नवलपुर विद्युत व्यवसायी संघ, नवलपुर, नवलपरासीमा    १७ पिन्ट

नेपाल विद्युतीय व्यवसायी महासंघ रुपान्तरण दिवसलाई भव्य रुपमा मनाउन सहयोग गर्नुहुने जिल्ला/नगर संघहरु एवं रक्तदान कार्यक्रममा रक्तदान गरि मानविय सेवामा सहयोग गर्नुहुने रक्तदाताहरुलाई महासंघका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by