Sep 26, 2023
रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत  कार्यक्रम सम्पन्न

९ असोज, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा आज रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुहुंदै  संघको गतिविधी र विगतका क्रियाकलाबका बारेमा जानकारी गराउनु भयो । रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवन विचको सहकार्यता र सहयोगका बारेमा व्यवसायिक ऐक्यवद्धता, आर्थिक सुस्ततालाई कसरी गतिसील बनाउने भन्ने विषयमा सहकार्य गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शंकर गिरीले उद्योग वाणिज्य संघ चितवनले स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी न्यानो आतिथ्यता प्रदान गरेको धन्यबाद दिदै उहाँले उद्योग वाणिज्य संघ चितवन सँग समन्वय र सहकार्यमा व्यवसायिक समस्या, चितवन जिल्लाको आर्थिक सामाजिक विकासमा हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली र सिरिष पन्तले हामी चितवनका एउटै उद्देश्य लिएर गठीत संघहरु व्यवसायिक समस्यामा एकै ठाउमा उभिएर अगाडी बढ्नुपर्ने आ–आफ्नो धारणाहरू प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, संघका कार्यसमिति सदस्यज्यूहरु रत्ननगर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको स्वागत तथा बधाई कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by