Sep 09, 2023
सफ्टटेक चितवन–२०८० मेला सम्पन्न

२३ भाद्र २०८०, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको प्रङ्गणमा उद्योग वाणिज्य संघ–चितवन र कम्प्यूटर एशोसिएसन नेपाल महासंघ चितवनको संयुक्त आयोजना एवं भतपुर महानगरपालिकाको प्रवद्र्धनमा चितवन जिल्लामानै पहिलो पटक भाद्र २१ गते देखी आज सम्म सञ्चालन गरिएको सफ्टटेक चितवन–२०८० मेला सम्मन्न  भएको छ ।

मेलाको समापन कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले सफ्टटेक चितवन–२०८० ले यस क्षेत्रमा भएको सूचना प्रविधिमा क्षेत्रमा भएको विकासका साथै यहाँ बनेका सफ्टवेयरहरुका जानकारी गराउन यस मेलाले सहयोग गरेको बताउनु भयो । उहाँले आगामी दिनहरुमा पनि सूचना प्रविधि विकासका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरिने र चितवन जिल्लालाई सूचना प्रविधिको केन्द्र बनाउन उद्योग वाणिज्य संघ–चितवन निरन्तर लाग्ने बताउनु भयो ।

समापन समारोहमा वोल्दै कम्प्यूटर एशोसिएसन नेपाल महासंघका केन्द्रीय सदस्य भानु शर्माले काठमाण्डौमा मात्रै गरिने सफ्टटेक सम्बन्धी मेला यस पटक काडमाण्डौ बाहिर ल्याएर गर्न सक्नु चितवन जिल्लाको लागि एक अवसर भएको बताउनु भयो । उहाँले यस क्षेत्रका सूचना प्रविधि सम्बन्धी काम गर्ने व्यवसायीहरुलाई प्रवद्र्धन गर्न सकियो भने चितवन सूचना प्रविधिको केन्द्र बन्न सक्ने बताउनु भयो ।

कार्यक्रममा कम्प्यूटर एशोसिएसन नेपाल महासंघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य सन्तोषजनक भुसालले ३ दिन सम्म सञ्चालन भएको मेलामा २० ओटा स्टल रहेको र करिव ४००० दर्शकले सफ्टटेक चितवन–२०८० अवलोकन गरेको जानकारी गराउनु भएको थियो । कम्प्यूटर एशोसिएसन चितवनका अध्यक्ष टेकलाल भुषालले प्रवद्र्धक संस्था भरतपुर महानगरपालिका,  सहायोगी सस्था, स्पोन्सर संस्था र प्रर्दशकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समापन कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष दय चिरञ्जीवी सु्वेदी, राजेन्द्र ओली, कार्यसमिति सदस्य दिपा शाही, रुद्र सुवेदी, कम्प्यूटर एशोसिएसन नेपाल महासंघ चितवनका पूर्व अध्यक्ष, पदाधिकारी र कार्यसमिति,विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, प्रदर्शक गरी ७० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रम कम्प्यूटर एशोसिएसन चितवनका सचिव ई. कृष्ण पोखरेलले सञ्चालन गर्नु भएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by