Aug 14, 2023
कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

२९ श्रावण, भरतपुर

उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र प्लाष्टिक व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । प्लाष्टिक व्यवसायीहरूलाई लक्षित गरी कर तथा लेखा सम्बन्धी जानकारी गराउन प्रशिक्षण दिइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले हामी उद्योगी व्यवसायी भएपछी व्यवसाय सम्बन्धित करका नीति तथा नियमहरु नजान्ने छुट नभएको भन्दै उहाँले व्यवसायलाई सक्षम व्यवस्थीत ढंगबाट व्यवस्थापन गर्नका लागि कर तथा लेखा सम्बन्धी जानकारी हुनु आवश्यक रहेको बताउनु भयो ।  

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष एवं प्लाष्टिक व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र ओलीले व्यवसायको नाफा नोक्सान, व्यवसाय विस्तार एवं अर्थिक विश्लेषण गर्नका लागि कर र लेखा सम्बन्धी ज्ञान हुनु आवश्यक रहेको बताउदै उहाँले उद्योग वाणिज्य संघ–चितवनले संघमा आवद्ध बस्तुगत संघ तथा संघका सदस्यहरूलाई आवश्यक तालिम उपलब्ध गराईरहने बताउनु भयो ।

कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ–चितवनका अध्यक्ष दिपक काफ्लेले उद्योग वाणिज्य संघ–चितवनस“ग सहकार्य गरेर कार्यक्रम गर्न पाइएकोमा संघलाई धन्यवाद दिनुह“ुदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै उहाँले सरकारले लिएका लेखा तथा राजश्व सम्बन्धी नया“ नीति, नियम लगायतका विषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रमुख पशिक्षक रामजीप्रसाद अधिकारीले व्यवसायीहरूलाई मुल्य अभिवृद्धि करका बारेमा, लेखा सम्बन्धी नीति, खरिद विक्री खाता राख्ने तरिका लगाएत आन्तरिक राजश्वबाट जारी गरेको नीति नियमहरूको बारेका जानकारी दिनुभएको थियो ।

प्लाष्टिक व्यवसायी संघका उपाध्यक्ष टेकलाल विकको संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष सिरिष पन्त, कार्यसमिति सदस्य रेशमलाल आचार्य, कार्यकारी निर्देशक निलबहादुर के.सी. प्लाष्टिक व्यवसायी संघका पूर्व अध्यक्ष एवं सल्लाहकार डिल्लीराम सापकोटा, उपाध्यक्ष तेजेन्द्र सापकोटा, सचिव रामकृष्ण दवाडी, सह सचिव विश्वास भट्टराई, कोषाध्यक्ष ओमप्रसाद लामिछाने लगाएत प्लाष्टिक व्यवसायी संघका कार्यसमिति र व्यवसायीहरू गरी ५० जनाको उपस्थिति रहेको थियो ।

प्लाष्टिक व्यवसायी संघ चितवनको अध्यक्ष दिपक काफ्लेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by