Jun 15, 2023
लेखनाथमा उद्यमशिलताको सम्भावना तथा विकास विषयक कार्यशाला गोष्ठि

लेखनाथ, ३२ जेठ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा अन्तरप्रेरणा प्रा. लि. ललितपुरको सहकार्यमा लेखनाथ क्षेत्रमा उद्यमशिलताको सम्भावना तथा विकास विषयक २ दिने कार्यशाला गोष्ठि विहिवार सम्पन्न भएको छ । 

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति र नयाँ उद्यमीहरुको सहभागिता रहेको उक्त गोष्ठिमा अन्तरप्रेरणा प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत निरज खनाल र श्रद्धा शाक्यले यस क्षेत्रमा उद्यमशिलता विकास, स्टार्टअप लघु, घरेलु साना तथा मझौला व्यवसायहरुलाई योजना अनुरुपको बृद्धि र स्तरिकृत गर्न आगामी दिनमा संघले खेल्नु पर्ने भुमिका वारे छलफल तथा समुहमा कार्यशाला गराउनुभएको थियो । 

सोहि अवसरमा यस क्षेत्रमा रहेका स्थानीय सरोकारवालाहरुको क्षमता विकास गरि स्थानीय स्तरमा उद्यमशिलता इकोसिस्टमलाई बढावा दिने वातावरणको सिजर्ना गर्न सहकार्य गर्ने, संघलाई आवश्यक बौद्धिक सहयोग पुर्याउने त्यसैगरि स्टार्टअप र घरेलु साना तथा मझौला व्यवसायलाई विकास गर्न सहयोग गर्ने मुख्य उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र अन्तरप्रेरणा प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत निरज खनाल विच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by