Apr 24, 2023

नेपाल उद्योग वाणिज्य महासंघमा स्थायी समिति र सदस्यता समिति गठन भएको छ । 

महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ । 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको छ । 

स्थायी समितिका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्षहरू रहनुु भएको छ । 

त्यसैगरी सदस्यता समितिका सदस्यहरूमा महासंघका तीन जना उपाध्यक्षहरूलाई मनोनयन गरिएको छ ।  

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by