Apr 20, 2023
एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र रक्षा  तथा कानून मन्त्री बीच भेटवार्ता-निजी क्षेत्रलाई अख्तियारले अनुसन्धान गर्ने विषय हटाउन माग (२०८०/०१/०७) 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले माननीय रक्षा तथा कानून मन्त्री पूर्ण बहादुर खड्का समक्ष विहिबार  मन्त्रालयमा भेटवार्ता गरेको छ । 

अख्तियारले निजी क्षेत्र हेर्ने अधिकार संविधानमा समेत नभएको अवस्थामा मुलुकको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने गरि ऐन प्रस्ताव आएकोमा अध्यक्ष ढकालले सो व्यवस्था हटाउनुपर्ने बताउनुभयो । यसले लगानीको वातावरण विग्रिने र मुलुकको अर्थतन्त्रमा समेत असर पर्ने उहाँको भनाई थियो । निजी क्षेत्र समस्यै समस्याले थलिएको समयमा यस किसिमको व्यवस्था हुँदा व्यवसायि थप हतोत्साहि हुने तर्फ अध्यक्ष ढकालले कानुन मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । 



भेट वार्ताको क्रममा मन्त्री खड्काले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने निजी क्षेत्रका व्यवसायीहरु अप्ठेरोमा नपर्ने गरी उक्त विषय संशोधन हुने जानकारी गराउनुभयो । महासंघकातर्फबाट राखिएका सुझावलाई ध्यानमा राखी सरकारको तर्फबाट पहल गर्ने विश्वास पनि उहा“ले दिलाउनु भयो । 

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक के.सी. लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by