Apr 19, 2023
एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र गभर्नर बीच भेटवार्ता - महासंघका सुझावप्रति केन्द्रिय बैंक सकारात्मक (२०८०/०१/०६)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको छ । 

अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्यून माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रिय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो । बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उहाँले वताउनुभयो । ब्याजदर घटाउन केन्द्रिय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिनुभयो । 



यसैगरि निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावा ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्ने अध्यक्ष ढकालले वताउनुभयो । बैंकहरुको खराब कर्जा समेत बढन सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उहाँको जोड थियो । 

सो अवसरमा गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गरिने आश्वासन दिनुभयो । उहाँले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्पmत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गराउनुभयो । साथै महासंघसंगको सहकार्य राष्ट बैंकका लागि पनि महत्वपूर्ण रहेको उहाँको धारणा थियो । भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by