Apr 03, 2023
एफएनसीसीआई प्रतिनिधिमण्डल र नवनियुक्त उद्योगमन्त्री बीच भेटवार्ता - बहुप्रतिक्षित स्टार्टअप नीति पारित गर्न आग्रह (२०७९/१२/२०)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समक्ष सोमवार मन्त्रालयमा बधाई भेटवार्ता गरेको छ । मन्त्री रिजाल गत शुक्रवार उद्योग मन्त्रीमा नियुक्त हुनुभएको थियो । 

अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुंदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताउनु भयो । अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उहाँले बताउनुभयो । 

अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरि ब्याजदर घटाउनु पर्ने सुझाव उहांको थियो । बजारमा माग नहुंदा उद्यम व्यवसाय आधा भन्दा कम क्षमतामा चलिरहेकोले बजारमा विश्वास बढाउनुपर्ने अध्यक्ष गोल्छाको राय थियो ।

अव अवस्था सहज वनाउन सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने बातावरण वनाउनै पर्छ, अध्यक्ष गोल्छाले भन्नु भयो वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छौ नै । 

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उपलव्ध भएसम्मका सवै उपाय र उपकरण प्रयोग गरेर भएपनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नु पर्ने सुझाव राख्नु भयो । 

अध्यक्ष गोल्छाले वाह्य लगानी ल्याउन दाताहरुसंग सम्मेलन गर्न पनि सुझाउनु भयो । बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनु पर्नेमा जोड दिनु भयो । 

अध्यक्ष गोल्छाले वहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न पनि मन्त्री रिजाल समक्ष आग्रह गर्नुभयो । महासंघको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ । महासंघ स्टार्ट अप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारि भएको स्टार्ट अप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको वताउनुभयो । 

महासंघको भिजन पेपर राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे महासंघ र मन्त्रालय बीचको समझदारीलाई अगाडी लैजाने कार्यमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । 

सो अवसरमा उद्योग मन्त्री रिजालले महासंघकातर्फबाट राखिएका सुझावलाई कार्यान्वयन गर्न महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो । उहाले स्टार्टप नीतिबारे सबैसंग सल्लाह गरि पारित गर्ने आश्वासन पनि दिनुभयो । मन्त्री रिजालले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने विश्वास दिलाउनु भयो ।    
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by