Feb 22, 2023
बुटवलको विकासमा उद्योग वाणिज्य संघको महत्वपूर्ण भूमिका छ : पूर्वगृहमन्त्री खाँण

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बुटवलको विकासमा बुटवल उद्योग वाणिज्य संघको भुमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । बुटवल आफैमा हिरा भएको भन्दै उहाँले त्यस बिषयमा बुझ्न र बुझाउन जरूरी रहेको बताउनु भयो ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० ओैं स्थापना दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले केही ठुला बडालाई बुटवलको महत्व सम्झाउन बुझाउन नसकेका कारण बिभिन्न कालखण्मा बुटवलमाथी अन्याय हुने गरेको धारणा राख्नु भयो ।

उहाँले बुटबललाई जिवन्त राख्न ब्यापारिक केन्द्रका रूपमा राख्न बुटबलमा रहेका बुटबल उपमहानगरपालिका र बिभिन्न संघ सस्थाहरू सन्जाल बनाएर नजिकका पालीकाहरूलाई भगेनी सम्बन्ध मार्फत जोडेर लैजानु पर्ने पनि बताउनु भयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सिमा नजिक भएकाले केही हवाई रूटको समस्या देखिएको भन्दै नेता खाँणले भारतका प्रधानमंत्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएका बेला नेपालका तत्कालिनन प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम नेपालको जनताले सेवा पाउने हुँदा नेपाललाई हवाई रुटको थप ब्यवस्था गरिदिन आग्रह गरेको स्मरण गराउनु भयो । 

कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले स्थापना कालदेखि नै उद्योगी व्यवसायीहरुको हकहितसँगै यस क्षत्रको आर्थिक तथा सामाजिक विकासमा नेतृत्व गर्दै आएको बताउनु भयो । 

२०१० सालमा बुटवल व्यापार मण्डलको नाममा बुटवल उद्योग वाणिज्य संघ स्थापना गरिएको थियो । त्यसयता बुटवल बहुमुखी क्याम्पसकाे विज्ञान भवन, लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती कक्ष तथा क्याविन, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवल, उक्त अस्पतालमा आईसियु कोभिड वार्ड, लुम्बिनी बाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस लगायतका पूर्वाधार निर्माणमा संघले नेतृत्वदायी भूमिका देलेको उहाँले बताउनु भयो । 

उहाले पछिल्लो समय आर्थिक मन्दिको दलदलमा उद्योगी व्यवसायी फसेको बताउँदै समस्या समाधानको लागि पहल गरिदिन नेता खाँणलाई आग्रह गर्नु भयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले बुटवल बजार गुल्जार बनाउन सबै पक्ष लाग्नुपर्ने बताउनु भयो ।उद्योग बाणिज्य संघले अन्य व्यवसायी संघ संगठनहरूलाई साथमा लिएर बुटबल बनाउन अगुवाई गनुपर्ने बेला आएको भन्दै उहाँले महंगो घर भाडाका कारण समेत व्यवसायी मारमा पारेकाले यसमा समेत घरबेटीहरूले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा शिक्षा स्वास्थ्यका पुर्वाधार निर्माण गर्न उधोग बाणिजय संघ बुटवलको भुमिका महत्पूर्ण रहेको बताउँदै नेपालकै गहनाको रूपमा रहेको महत्पूर्ण क्षेत्र जितगढी किल्लाको निर्माण कार्य नेपाली सेनाले गरिरहेको र पुरानो बुटवललाई नयाँ जीवन दिएर चलाएमान बनाउन बुटबल उपनगरपालिका लागिरहेको जानकारी गराउनु भयो । 

त्यस अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, सचिव मुक्ति अधिकारी, कार्यक्रम संयोजक संघका कार्यसमिति सदस्य प्रकाशकुमार श्रेष्ठले पनि भनाई राख्नु भएको थियो । 

पूर्व अध्यक्षहरुलाई सम्मान 

संघको स्थापना दिवसको अवसरमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । उक्त समारोहमा पूर्वअध्यक्षहरु जीवनप्रसाद वझा, निर्मलप्रसाद लाकौल र महेशमान सिंहलाई सम्मान गरिएको हो । उहाँहरुलाई पूर्वगृहमन्त्री खाँण र संघका अध्यक्ष कसजूले माला, दोसल्ला र टोपी लगाएर सम्मान गर्नु भएको थियो । 

जिल्लाका सुरक्षा प्रमुखहरुलाई स्वागत 

हालै सरुवा भई जिल्लामा आएका सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत गरिएको छ । त्यस अवसरमा जिल्ला प्रहरी प्रमुख एसपी भरत भूर्तेल, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख, ससस्त्र प्रहरी बल भैरहवाका प्रमुख र राष्ट्रिय अनसन्धान कार्यालय भैरहवाका प्रमुख हुमकान्त पाण्डेलाई स्वागत गरिएको हो । 

त्यसै अवसरमा ईलाका प्रहरी कार्यालय बुटवललाई ५ थान सिसिटिभी सेट, मोतिपुर ओैद्योगिक क्षेत्रमा रहेको ससस्त्र प्रहरीको भवन निर्माणको लागि ४० बोरा सिमेन्ट र उजिरसिंह माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by