Feb 25, 2023
पोस्टेट क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

१३ फागुन, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज पोस्टेट क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम उद्योग वाणिज्य संघ–चितवन र नारायणगढ राउण्ड टेवल १४ को आयोजना एवम् कोशीस क्यान्सर सेन्टरको सहयोगमा सम्पन्न भएको हो । 

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायिक जिवन व्यस्त रहेकाले स्वास्थ्य सम्बन्धी पनि ध्यान दिलाउन सचेतना कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले स्वास्थ्यनै सम्पती हो भन्ने मन्त्रलाई आत्मसाथ गर्दै विभिन्न समयमा संघले स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू गर्दै आईरहेको बताउदैँ उहाँले व्यासायीहरु धेरै समय व्यवसायिक कार्यमा व्यस्त हुने हुनाले स्वास्थ्य सम्बन्धी ध्यान नदिई रहेकोले हामी स्वास्थ्य भए मात्र चितवन एवम् देशकै आर्थिक, सामाजिक विकास गर्न सक्षम हुने बताउदैँ उहाँले व्यवसायी एवम् सवैलाई स्वास्थ्यलाई ध्यानमा राखेर कार्य गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा कोशीस क्यान्सर सेन्टरका प्रमुख डा. सरिता राना गुरूङले पोस्टेट क्यान्सरको बारेमा जानकारी गराउदै क्यान्सरको सवै भन्दा राम्रो प्रभावकारी उपचार सचेतना भएको बताउनु भयो । उहाँले सचेतनाले आधाभन्दा धेरै रोग घटाउने र सचेतना कार्यक्रमहरू गर्न हामी साथमा रहेको र हामी सवै हातेमालो गरेर क्यान्सरलाई जित्न सक्ने बताउनु भयो ।

कार्यक्रमका प्रशिक्षक विपी कोईराला मेमोरीयल क्यान्सर हस्पिटलका डा. आदित्य जलनले पोस्टेट क्यान्सरका बारेमा जानकारी गराउदै उहाँले पोस्टेट क्यान्सर बढी हुन सक्ने उमेर समुह, कारण, लक्षण र उपचार विधीका बारेमा जानकारी गराउनु् साथै सहभागीहरूका गुनासाहरूको सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ–चितवनमा आवद्व व्यवसायी र व्यवसायीको परिवारलार्ई चितवन मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलमा उपचार गर्दा केहि प्रतिशत छुट पाउने बताउदै उहाँले अन्य हस्पिटलहरुमा पनि कुरा भैरहेको बताउनु भयो ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, संघका कार्यसमिति सदस्य,कार्यकारी निर्देशक विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी, नारायणगढ राउण्ड टेवलका पूर्व अध्यक्ष, पदाधिकारी कार्यसमिति लगायत ६० जनाको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो । 

कार्यक्रम नारायणगढ राउण्ड टेवल १४ का अध्यक्ष विविक चाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रम नारायणगढ राउण्ड टेवल १४ का सचिव प्रविन वनसलले सञ्चालन गर्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by