Dec 25, 2022
नेफामा निर्वाचन सम्पन्न

नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्डस् एशोसिएसन (नेफा) को २२औं वार्षिक साधारण सभा तथा निर्वाचन यही मिति २०७९ पौष ८ गते सम्पन्न भयो । 

संघको २२औं साधारण सभाबाट मनोज अधिकारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएका छन् । संघको नवनिर्वाचित कार्यकारिणी समितिमा अध्यक्ष मनोज अधिकारी, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेश कुमार अग्रवाल, महासचिव अशोक मान कपाली, कोषाध्यक्ष हरि प्रसाद ढकाल, सचिव ईश्वर बहादुर गुरुङ, सहकोषाध्यक्ष सुजन कुमार न्यौपाने तथा कार्यकारिणी समिति सदस्यमा प्रनिल मान सिंह प्रधान, संजिव अर्याल, सीता अधिकारी,सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, श्री गंगा राम पुडासैनी र गंगा बहादुर राया निर्विरोध निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा सं३घका अध्यक्ष मनोज अधिकारीले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै नेपाली लोजिस्टिकको प्रवद्र्धन, कोभिडको आक्रान्त समयमा पनि नेपाली आयात निर्यातलाई चलायमान बनाउन संघ तथा संघका सदस्य फ्रेट फरवार्डरसहरुको भूमिका तथा यस व्यवसायमा त्बह म्भमगअतभम बत क्यगचअभ ९त्म्क्० बाट परेको समस्याको बारेमा जानकारी दिनु भयो । मन्तव्यको क्रममा अध्यक्षले नेपालको निकासी पैठारी व्यापारमा सहजीकरण तथा नेपाली व्यवसाय विकासका लागि संघ तथा संघका सदस्यहरुबाट निर्वाह गरेको भूमिकालाई कदर गर्दै संघलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मस, नेपाल हस्तकला महासंघ, नेपाल निर्यात परिषदद्वारा बस्तुगत तर्पm उत्कृष्ट संघको अर्वाडबाट विभुषित गरेको सभामा जानकारी दिनु भयो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष रविन्द्र मान सिंह प्रधान, निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले मन्तव्य व्यक्त गर्नु भएको थियो । संघका महासचिव अशोक मान कपाली तथा कोषाध्यक्ष हरि प्रसाद ढकालले क्रमश वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्नु भएको थियो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by