Nov 08, 2022
बाग्लुड्ड उद्योग वाणिज्य संघका महिला उद्यमी चितवनमा

२२ कार्तिक, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनले बाग्लुड्ड उद्योग वाणिज्य संघका महिला उद्यमी समितिको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज संघको बैठक कक्षमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । बाग्लुड्ड उद्योग वाणिज्य संघका महिला उद्यमी समितिका अध्यक्ष भगवती के.सीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरूका साथै छिमेकी मुलुक भारतको सिक्कीमसम्मको अध्ययन अवलोकन गरेर फर्किने सन्दर्भमा उद्योग वाणिज्य संघ–चितवन आएको हो । 

स्वागत एवम् छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यावसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पु¥याउने बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दि“दै अध्यक्ष श्रेष्ठले यस संघले महिला उद्यमसीलता विकासका लागि विभिन्न सिप विकास सम्बन्धी तालिमहरु दिदै आईरहेको र सरकारले समेत महिला उद्यमीहरुलाई प्रवद्र्वन ध्यान दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बाग्लुड्ड उद्योग वाणिज्य संघ महिला उद्यमी समितिका अध्यक्ष भगवती के.सीले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्य प्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिनु ह“ुदै व्यावसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनको महिला उद्यमी समितिस“ग स“गस“गै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहा“ले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागु गर्ने बताउदै उहा“ले बाग्लुड्डमा उत्पादित घरेलु उत्पादनलाई बजारीकरणका लागि समेत सहयोगको अपेक्षा गर्नु भयो । 

सोही अवसरमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सी.ले संघका विगत देखि वर्तमानसम्मका गतिविधि लगाएत आगामी कार्यक्रमहरूको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । 

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य एवं तालिम संयोजक योगिता पियाले बाग्लुड्ड उद्योग वाणिज्य संघ महिला उद्यमी समितिका उपस्थित सम्पुर्णलाई स्वागत गर्दै यहिं पौष २५ गते देखि माघ ४ गते सम्म चितवन महोत्सव २०७९ आयोजना गर्न लागिएको र त्यस ठाउको उत्पादीत बस्तुको बजारीकरणको लागि महोत्सव राम्रो अवसर हुने भएकाले आउन आग्रह गर्नु भयो ।

कार्यक्रममा बाग्लुड्ड उद्योग वाणिज्य संघ महिला उद्यमी समितिका अध्यक्ष भगवती के.सीको नेतृत्वमा महिला उद्यमी समितिका २० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, संघका कार्यसमिति सदस्यहरू एवं महिला उद्यमी समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । यसै गरी बाग्लुड्ड उद्योग वाणिज्य संघ महिला उद्यमी समितिका पदाधिकारी कार्यसमितिको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो । 

टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थियो । कार्यक्रम उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवं महिला उद्यमी समितिका संयोजक पुर्णिमा श्रेष्ठले धन्यवाद ज्ञापन सहित समापन गर्नु भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नु भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by