Nov 06, 2022
उद्योगी व्यवसायी र बैंक तथा वित्तिय संस्थाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२० कार्तिक, भरतपुर

उद्योग वाणिज्य संघ चितवनको साभा हलमा आज एक दिवसिय उद्योगी व्यवसायी र बैंक तथा वित्तिय संस्थाहरु विच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा उद्योगी व्यवसायी र बैंक तथा वित्तिय संस्थाहरु विच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा व्यवसायीहरुले यदि बैंकहरुले व्याजदर घटाउने कार्य नभएमा अन्तत बैंक तथा वित्तिय संस्था नै डुब्ने बताए भने बैंकरहरुले यो अवस्था सृजना हुनमा मुद्रास्फिती र नीतिगत निर्णय भएको बताएका छन । बैकरहरुले नीति निर्माण तहमा पहल गर्न अनुरोध गर्दै व्यवसायीका गुनासाहरु आ–आफ्नो केन्द्रीय तहसम्म सम्प्रेशण गर्ने बताए । बैंकको  व्याजदर वृद्विका सम्बन्धमा व्यवसायीहरुको जिज्ञासा र बैंकमा व्याजदर वृद्विभएको कारणको बारेमा जानकारी लिनका लागि यस कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा उद्योग वाणिज्य संघ– चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्योगी व्यवसायीहरु कोभिड १९ का कारण सिथिल यस विसम परिस्थितिमा बैंकले व्याजदर वृद्वि गरेर अझ सिथिल बनाएकोले व्यवसाय नै धरासायी बनेकाले व्याजदर घटाउनका लागि यहांका बैंकहरुले खेल्ने भुमिकाका बारेमा बैंकहरुलाई प्रश्न गर्दै, उहांले देश व्यापी रुपमा व्याजदर वृद्विका विरुद्वका विरोधका कार्यक्रमहरु भईरहेको र त्यसमा बैंकहरुको प्रतिक्रिया के छ जानकारी जानकारी गराउनका लागि बैंकरहरुलाई अनुरोध गर्दै व्याजदर घटाउन माग गर्नु भएको थियो । 

कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष यूगराज वस्त्ीले मौद्रिक नीति के सुधार गर्यो भने व्यवसायीहरुलाई राहत हुन्छ त्यस्ता विषयहरुका बारेमा बैंकरहरुले जानकारी गराई दिएमा सम्बन्धीत निकायमा माग गर्न सहज हुने बताउनु भयो । 

कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले बैंकहरुमा कर्जा लिदा प्रोजेक्ट रिर्पोटमा व्याजदर अहिलेको भन्दा आधा कम थियो त्यो अवस्थामा आउन व्यवसायीको मात्र दायित्व हो र भनेर बैकरहरुलाई प्रश्न गर्नु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यइ मान्दु बराल, उद्योग संघ चितवनका गोपाल प्रसाद गैरे, हार्डवेयर व्यवसायी संघका पुर्व अध्यक्ष शिवप्रसाद ओझा, हार्डवेयर व्यवसायी संघका अध्यक्ष हरि गैरे, प्लाष्टिक व्यवसायी संघका अध्यक्ष रामप्रसाद गजुरेल लगाएतका व्यवसायीहरुले व्याजदर वृद्विका कारण भएको समस्याहरु राख्नु भएको थियो ।

बैंकर एशोसियसन वागमती प्रदेशका संयोजक व्यापारी र बैंक एकै रथका पाङ्गा भएको बताउदै उहांले विश्व बजारमा नै व्याददर वृद्वि भएकोले त्यसको असर नेपालमा पनि परेका कारणले व्याजदर वृद्वि भएको बताउनु भयो । बैंकहरुका नीति निर्माता नेपाल सरकार, नेपाल राष्ट्र बैंकहरुले बनाएको नीति नियमहरुको अक्षरस पालना गर्ने बैंहरुको कर्तव्य भएका कारण व्यवसायीहरुका गुनासा सम्बोधका लागि हाल लागु गरिएको नीतिमा नै सुधार गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सु्वेदी, संघका कार्यसमिति, बस्तुगत संघका अध्यक्षज्यूहरु, चितवन बैंकर एशोसीयसनका कार्यसमिति, पदाधिकारी, विभिन्न बैंकका बैंक म्यानेजरहरु, उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक लगाएत करिव १०० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चितवनको कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो । व्यवसायीका माग सम्बोधन नभएका कारण संघको नेतृत्वमा चितवनका सबै निजी क्षेत्रले कार्तिक २४ गते सम्म विविध संघर्षका कार्यक्रमहरु आयोजना गरेको संघले जनाएको छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by