Nov 03, 2022
खाद्य सुरक्षा व्यवस्थापनको महत्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१७ कार्तिक, भरतपुर

उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसिय खाद्य सुरक्षा व्यवस्थापनको महत्व सम्बन्धी अन्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । USAID, फूड इन्टरप्राइजेज सोलुसन्स (FES) र उद्योग वाणिज्य संघ–चितवनको सयुक्त आयोजनामा खाद्य सुरक्षा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य उद्योगीव्यवसायीहरुले उत्पादन गरेको बस्तुलाई गुणस्तर र सुरक्षा व्यवस्थापनको महत्वका बारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दैै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्योगी व्यवसायीले उत्पादन गरेका बस्तुहरु गुणस्तरीय बनाउन सकिएमा विश्व बजारमा हाम्रा बस्तुहरुको विक्री वितरण गर्न सकिने र यस कार्यक्रमले गुणस्तरीय बस्तु उत्पादन गर्न आवश्यक बस्तुस्थीतीका बारेमा जानकारी हुने बताउदै उहांले यहि पौष २५ गते देखि माघ ४ गते सम्म सञ्चालन गर्न लागिएको चितवन महोत्सव–२०७९ मा मेड इन चितवन, मेड इन नेपाल र घरेलु उत्पादनहरुको प्रवद्र्वनमा जोड दिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै USAID नेपालका प्रमुख फईन्द्र पाण्डेले नेपाल खाद्य सुरक्षा र खाद्य सुरक्षा सम्बन्धी प्रावधानहरु, खाद्य सुरक्षा गर्नुका उद्देश्यहरु, खाद्य सुरक्षा चुनौतीका बारेमा जानकारी दिदै उहांले हामी राष्ट्रिय खाद्य सुरक्षा सम्बन्धी नीति नियम निर्माता नभएकोले हामी सहजकर्ता भएको समेत जानकारी गराउदै उहा“ले व्यवसायीहरु संगै बसेर व्यवसाय प्रवद्र्वनमा सहयोग गर्ने बताउनु भयो । 

कार्यक्रममा प्रमुख प्रस्तोता नेपाल खाद्य स्वच्छता (BD4FS), फूड इन्टरप्राइजेज सोलुसन्स (FES) का प्रशिक्षक निर्वेक श्रेष्ठले खाद्य स्वच्छताका आधारभुत आवश्यकता, स्वच्छ तथा उपभोग्य बस्तु, खाद्य बस्तुमा हुने जिवाणु, खाद्य स्वच्छता र खाद्य स्वच्छता व्यवस्थापन प्रणाली विच फरक, खाद्य स्वच्छता व्यवस्थापनको भुमिका, उद्योगहरुको डिजाईन, निर्माण, सरसफाई, मर्मत सम्भार, आपूर्तिकर्ताको व्यवस्थापन, बाह्य बस्तुको नियन्त्रण, संक्रमणको नियन्त्रण, भण्डारणका साथै फोहोर व्यवस्थापन गर्ने तरिकाहरुका बारेमा जानकारी दिदै उहा“ले सहभागीहरुका गुनासाहरु सम्बोधन गर्नु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष, सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र ओली, उद्योग वाणिज्य संघ चितवनको तालिम संयोजक योगिता पिया, कार्यसमिति सदस्यहरु, होटल व्यवसायी, तरकारी तथा फलफुल व्यवसायी, माछा, मासु, डेरी, खाद्यन्न व्यवसायी गरी ७० जना व्यवसायीहरुको सहभागिता रहेको उद्योग वाणिज्य संघ चिवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चाल नगर्नु भएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by