Sep 30, 2022
सकियो दशैं सस्तो बजार

बुटवल, १४ असोज । 

बुटवलमा सञ्चालन गरिएको दशैं सस्तो बजार सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यहि असोजको १० गतेदेखि सुरु भएको दशैं सस्तो बजार शुक्रबार सकिएको हो । 

दशैं सस्तो बजारमा १ करोड ५० लाख रुपैंया बराबरको नयाा नोट सटही गरिएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिनुभयो । सर्वसाधारणलाई नयाा नोट वितरमा सहज गर्नको लागि नेपाल राष्ट्र बैंकले १ करोड ५० लाख रुपैंया संघलाई दिएको थियो । उक्त नयाा नोट सटहीमा ग्लोवल आईएमई बैंकले सहजीकरण गरेको थियो । सस्तो बजारमा प्रतिव्यक्ति ६ हजारका दरले नयाा नोट सटही गरिएको दशैं सस्तो बजारका संयोजक, संघका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी गराउनु भयो ।

बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिर प्राङ्गढमा सञ्चालन गरिएको दशैं सस्तो बजार शुक्रबार सकिएको छ । यो पााच दिनको अवधिमा दशैं सस्तो बजारमा १२ हजार उपभोक्ता आएको र बजारमा ७५ लाख रुपैंया भन्दा बढीको कारोवार भएको महासचिव बिमलराज भट्टराई जानकारी गराउनु भयो । 

दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सहित विभिन्न कम्पनीका चामल, चिनी, नुन, तेल, चिया, कपि, दुग्धजन्य उत्पादन घ्यू, पनिर, दही, त्यस्तै अचार, साबुन, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामान सहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूल लगायतका सामगिहरुको ३२ वटा स्टल राखिएको थियो । ती स्टलबाट सुपथ मुल्यमा विक्रि वितरण गरिएको दशैं सस्तो बजारका संयोजक श्रेष्ठले बताउनु भयो ।

त्यस्तै दशैं सस्तो बजारमा लायन्स क्लव अफ बुटवल युथले निशुल्क सुगर (मधुमेह) परीक्षण गरेको थियो । दशैं सस्तो बजार अवधिभर सञ्चालन गरिएको सुगर परीक्षण शिविरमा १ हजार ५ सय जनाले सुगर परीक्षण गराएको क्लवका सचिव नियामत अलीले जानकारी गराउनु भयो । क्लवले आाखा स्वास्थ्य तथा सुगर (मधुमेह) परीक्षण शिविर सञ्चालन गर्दै आएको अध्यक्ष विष्णु काफ्लेले बताउनु भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by