Sep 29, 2022
उवासंघ–चितवनमा फोटोग्राफी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१३ असोज भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवं चितवन साईकल राईडर्स क्लब र नव ज्ञान केन्द्रको सहकार्यमा उद्योग वाणिज्य संघ–चितवनको सभा हलमा आज एक दिवसीय फोटोग्राफी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फोटोग्राफी व्यवसायीहरुको समस्या तथा आवश्यकता पहिचान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विजया दशमी, शुभ–दीपावली, नेपाल संवत् ११४३ एवं छठपर्व–२०७९ शुभकामना व्यक्त गर्नु भयो । उहाँले उद्योग वाणिज्य संघ–चितवन निजी क्षेत्रको छाता संगठन भएकाले हरेक निजी क्षेत्रलाई संस्थागत हिसावमा विकास गर्ने बताउनु भयो । उहाँले फोटोग्राफी व्यवसायीहरुको पेशालाई कसरी व्यवस्थीत गर्न सकिन्छ भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको र छरिएर रहेका फोटोग्राफर व्यवसायीलाई एक जुट बनाउन यो अन्तरक्रिया कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रमका प्रमुख प्रशिक्षक किशोर श्रेष्ठले फोटोग्राफी सम्बन्धी विषयका जानकारी दिनुभएको थियो । कार्यक्रममा नव ज्ञान केन्द्रका संयोजक नविन थापा, चितवन फोटोग्राफी संघका अध्यक्ष धुर्व सापकोटा, नारायणी नदि फोटो व्यवसायी समितिका अध्यक्ष रमेश पौडेल, उवासंघ चितवनका सुचना प्रविधि अधिकृत सन्देश पौडेल गरि ३५ जना फोटोग्राफी व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता एवम्  चितवन साईकल राईडर्स क्लबका अध्यक्ष नविन खरेलले धन्यवाद ज्ञापन गर्नुभएको फोटोग्राफर अन्तरक्रिया कार्यक्रम उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by