Sep 02, 2022
बीमा सचेतना एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न

भदौ १६ भरतपुर

उद्योग वाणिज्य संघ चितवनको सभाहलमा  उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडको सहयोगमा  आज एक दिवसिय बीमा सचेतना एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

संघमा आवद्व व्यवसायीहरुलाई निर्जिबन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायहरुलाई बीमाका जानकारी हुन आवश्यक रहेको बताउदै उहाँले व्यवसाय गर्दा आर्थिक जोखीम मोलीरहेका हुन्छौ यस्ता जोखिमहरुलाई न्यूनिकरण गर्न बीमाले महत्वपुर्ण भूमिका खेल्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले भविश्यमा पर्न सक्ने भवितवीका बारेमा कसैलाई जानकारी नहुने हु‌‌दाहरुले भविश्यको अनिश्चितता न्यनिकरणका लागि व्यवसायीक सम्पत्तिको सुरक्षा बरणका गर्न बीमा गर्नुपर्ने बताउनु भयो ।

बीमा सचेतना कार्यक्रमका प्रमुख प्रशिक्ष सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडका सहायक महाप्रवन्धक नवराज पराजुलीले बीमाको परिचय, बीमा गर्दा आवश्यक पर्ने कागजात, बीमाका प्रकार, बीमाले रक्षावरण गर्ने क्षेत्रहरु साथै बीमा सम्बन्धी विस्तृत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडका बागमती, गण्डकी प्रदेश प्रमुख माधव रेग्मीले बीमा सम्बन्धी सचेतना एवं अभिमुखिकरण कार्यक्रममा सहयोगीको रुपमा सिद्वार्थ इन्स्यूरेन्स लिमिटेडलाई अवसर दिनुभएकोमा उद्योग वाणिज्य संघ–चितवनलाई आभार ब्यक्त गर्नुभयो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका सदस्य, एवं उद्यमी व्यवसायीहरुलाई लक्षित गरि आयोजना  गरिएको  उक्त कार्यक्रममा ७५ जना व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष त्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त संघका कार्यकारी निर्देशक निलबहादुर के.सी लगाएत उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, विभिन्न कार्यगत समितिका सदस्य एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागिलाई धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघले समय समयमा सदस्य व्यवसायीलाई आवश्यक पर्ने तालिम, सेमिनार तथा गोष्ठिको आयोजना गर्दै आइरहेको बताउंदै उहाँले व्यवसायीहरुले आर्थिक जोखिमलाई न्यूनिकरण गर्न बीमा गर्नुपर्ने बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ष्ठको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उवासंघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by