Aug 27, 2022
लेखा सम्बन्धी तालिम सम्पन्न

भदौ ११ भरतपुर

उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आज एक दिवसिय लेखा सम्बन्धी तालिम उद्योग वाणिज्य संघ–चितवन र चितवन अटोमेकानिक व्यवसायी संघको सयुक्त आयोजनामा सम्पन्न भयो । अटोमेकानिकल व्यवसायीहरुलाई लक्षित गरि लेखा तालिमको आयोजना गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई सक्षम व्यवस्थीत ढंगबाट व्यवस्थापन गर्नका लेखा सम्बन्धी जानकारी हुनु आवश्यक रहेको बताउदै उहाले मानव शरिरमा रक्तसञ्चारको महत्व जती हुन्छ त्यती नै व्यवसायमा लेखाको महत्व हुने उदारणदिदै व्यवसायको नाफा नोक्सान, व्यवसाय विस्तार एवं अर्थिक विश्लेषण गर्नका लागि लेखा सम्बन्धी ज्ञान हुन आवश्यक रहेको बताउनु भयो । उहांले सरकारले लिएका लेखा तथा राजश्व सम्बन्धी नयाँ नीति,नियम लगायतका बिषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेले उद्योग वाणिज्य संघ–चितवन संग सहकार्य गरेर कार्यक्रम गर्न पाईएकोमा संघलाई धन्यवाद दिनुहुदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभएको थियो । 

कार्यक्रममा लेखा सम्बन्धी तालिमका प्रमुख पशिक्षक  रामजीप्रसाद अधिकारीले व्यवसायीहरुलाई मुल्य अभिवृद्धि करका बारेमा, लेखा सम्बन्धी नीति, खरिद विक्री खाता राख्ने  तरिका लगाएत आन्तरीक राजश्वबाट जारी गरेको नीति नियमहरुको बारेका जानकारी दिनुभएको थियो । उहाँलाई नवराज पोखरेलले पशिक्षमाा सहयोगीको भुमिका निर्वाह गर्नुभएको थियो । 

कार्यक्रम CTEVT नारायणी बहुप्राविधिक शिक्षालयका अटोमोबाइल कोडिनेटर आदित्य शर्मा तिम्सेनाले अटोमोवाईल सम्बन्धी व्यवसायीहरुलाई ज्ञान दिनु भएको थियो ।

संघका सदस्य, एवं अटोमेकानिकल व्यवसायी संघका सदस्य लगायत उद्यमी व्यवसायीलाई लक्षित गरि आयोजना  गरिएको  कार्यक्रममा ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष द्धय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, कार्यकारी निर्देशक निलबहादुर के.सी लगाएत उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित सहभागिलाई धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले संघले समय समयमा सदस्य व्यवसायीलाई आवश्यक पर्ने तालिम, सेमिनार तथा गोष्ठिको आयोजना गर्दै आइरहेको बताउंदै आजको कार्यक्रमले सहभागिमा उर्जा थपेको बताउनु भयो । चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उवासंघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by