Aug 08, 2022
विक्रयकला तथा बजारिकरण सम्बन्धी तालिम सम्मन्न

२३ साउन २०७९

उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा आज एक दिवसिय तालिम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ–चितवन र फेन्सी व्यवसायी संघ चितवनको सयुक्त आयोजनामा विक्रय कला तथा बजारीकरण सम्बन्धी तालिम सम्पन्न भएको हो । फेन्सी व्यवसायीहरुलाई लक्षित गरि गरिएको यस तालिमले व्यवसाय प्रवद्र्वनका साथसाथै बजारीकरणको अवस्था र बस्तु विक्री गर्ने कला सम्बन्धी व्यवसायीलाई जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । 

उक्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले अहिलेको बजारमा विश्वव्यापीकरणले ल्याएको परिर्वतनमा परिर्वतीत हुदै विक्रेताहरुलाई बस्तु विक्री गर्ने कला सम्बन्धी जानकारी दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले बजारमा जसको व्यवसायमा नेटवर्क बढि हुन्छ उसको सेल्स पनि बढि हुने कुरा बताउदै उहाँले नेटवर्क बढाउन व्यवसायलाई सुचना प्रविधि संग जोड्नु पर्ने साथै विक्री बढाउनका लागि क्रेता सन्तुष्ट गराउनु पर्ने बताउनु भयो । 

कार्यक्रमका प्रमुख मध्यस्थकर्ता एवम् कन्टेन्निएल कलेज टोरन्टो क्यानडाका प्राध्यापक डा. तुलसी धरेलले कार्यक्रममा प्रस्तुतीकरण दिंदै सेल्स भनेको के हो, मार्केटिङ भनेको के हो, व्यापारमा मार्केटिङको आवश्यकता, ग्राहक सन्तुष्टि किन आवश्यक छ र यो कसरी प्राप्त गर्न सकिन्छ, सफलताको रहस्य के होला, ब्राण्डीङ भनेको के हो, भन्ने कुराको साथसाथै विश्व बजारमा विक्रय कला सम्बन्धी विभिन्न उदारणहरु समेत दिनुभएको थियो ।

कार्यक्रममा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले तालिममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ चितवनसंग सहकार्य गरेर तालिम सञ्चालन गर्न पाएकोमा उद्योग वाणिज्य संघ चितवनलाई धन्यवाद दिनु हुदै आगामी दिनहरुमा पनि सहकार्य गरिरहने बताउनु भयो । 

उद्योग वाणिज्य संघका सदस्य, फेन्सी व्यवसायी संघका सदस्य लगायत उद्यमी व्यवसायीलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा १०० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, उपाध्यक्ष त्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त लगाएत उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, फेन्सी व्यवसायी संघका र फेन्सी साकोसका पुर्व अध्यक्ष, पदाधिकारी, कार्यससिति, तथा युवाउद्यमीहरुको उपस्थिति रहेको थियो । फेन्सी व्यवसायी संघ चितवनका तालिम संयोजक सन्तोष पण्डितले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रम फेन्सी व्यवसायी संघका अध्यक्ष माधवप्रसाद अधिकारीको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उवासंघ–चितवनका कार्यकारी निर्देशक िनलबहादुर के.सीले सञ्चालन गर्नु भएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by