Jul 27, 2022
गौतमबुद्ध अन्तरार्ष्ट्रिय बिमानस्थलको पूर्ण रुपमा संचालन गरिनुपर्ने माग 
 
२०७९ साउन ११ गते 

सिद्धार्थ उद्योग वाणिज्य संघ सचिवालयमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरियो । 

संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेको अध्यक्षता तथा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संघको तर्फबाट अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमान स्थलबाट नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स र हिमालयन एयरलाईन्सले अन्तराष्ट्रिय गन्तब्यहरुमा उडान सेवा प्रदान गर्न पर्ने, वेलहिया नाकामा पर्यटहरुको सेवाको लागि व्यवस्थित अध्यागमन, पर्यटक सूचानकेन्द्र जस्ता सेवाहरु प्रदान गराउन पर्ने, पर्यटकहरुको सेवा सुविधालाई मध्येनजर गरी  भैरहवा–लुम्बिनी मोनो रेल संचालनको लागि आवश्क पहल तथा बजेट विनियोजन गरिनुपर्ने । लगायतका पर्यटक विकासमा सन्दर्भमा बुदाहरु समेटी माग गरिएको ज्ञापन पत्र समेत बुझाईएको थियो । 

छलफल कार्यक्रममा उपस्थित पर्यटन उद्योगी व्यावसायीहरुले कोभीडकोबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योगहरुलाई थप समयको लागि राहत तथा सहुलियत प्रदान गरिनुपर्ने, भारतीय समकक्षी संग समन्वय गरी  गोरखपुर एयररुटको लागि पहल गरिनुपर्ने लगायतका मागहरु राख्नु भएको थियो । 

प्रतिउत्तरमा माननीय मन्त्री जीवन राम श्रेष्ठले आफुआई सकेपछि मन्त्रालयले ७३ बुँदे पर्यटन पुर्नउत्थानका कार्यक्रमहरु घोषणा गरेकोले अधिकांश मागहरु त्यसले सम्बोधन गर्ने साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय  बिमानस्थलबाट छिटो भन्दा छिटो नेपाली ध्वजावाहक विमानहरुलाई अन्तराष्ट्रिय उडानका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको थियो । 

महासचिव बिजय पाण्डेको संचालनमा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु एवं पर्यटन उद्योग सम्बद्ध संस्थाका अध्यक्षहरु तथा पदाधिकारीहरु, संचारकर्मीहरुको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by