Jun 17, 2022
यूवा उद्यमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भरतपुर ३ असार

उद्योग वाणिज्य संघ-चितवनको आयोजनामा युवा उद्यमशिलता विकास र यसका सम्भावना बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

यूवाहरुलाई कसरी उद्यमी व्यवसायी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भई अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ-चितवनको पदाधिकारी एवं कार्यसमिति र नेपाली युवा उद्यमी मञ्च (NYEF) चितवनका नवनिर्वाचित कार्यसमिति विच भएको अन्तरक्रिया कार्यक्रममा विदेश पलायन हुन लागेका यूवाहरुलाई उद्यमी बनाउदै स्वदेशमै रोजगारी सृजना गर्ने बिषयमा छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले NYEF चितवनका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफलकार्यकालको शुभकामना दिनुहुंदै अहिले नेपाली यूवाहरु विदेश पलायन हुनेको संख्या बढ्दै गईरहेकोले यसले भविश्यमा देशमा आर्थिक समस्या हुन सक्ने र यसलाई न्यूनिकरण गर्ने दायित्व राज्यको मात्र नभएर आम नेपाली नागरिकको कर्तव्य समेत भएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले अहिलेको यूवा पिढीलाई व्यवसायमा लाग्न उत्प्रेरीत बनाउने खालको नीति राज्यले ल्याउनु पर्ने बताउनु भयो ।

सोही कार्यक्रममा वोल्दै NYEF चितवनका अध्यक्ष सुर्यभक्त अधिकारीले उद्योग वाणिज्य संघ-चितवन अभिभावक संस्था भएकोले यस संस्थाले गरेका हरेक गतिविधीहरुमा NYEF लाई पनि समावेश गर्न अनुरोध गर्दै, यूवाहरुलाई नेपालमै उद्यमी बनाउनका लागि मेड इन नेपाल प्रोजेक्ट सञ्चालन गर्दै आईरहेको समेत जानकारी गराउनु भयो । अध्यक्ष अधिकारीले संस्थाको उद्देश्य यूवाहरुलाई उद्यमशिलतामा आकर्षित गराउने रहेको समेत बताउनु भयो । 

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष त्रय चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली र सिरिष पन्तले उद्यमशिलता बिषयमा आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । 

उक्त कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु, कार्यकारी निर्देशक निलबहादुर के.सी, एवं NYEF चितवनका नवनिर्वाचित कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रमले निकट भविष्यमा संघ र युवा उद्यमी मञ्चको सहकार्यमा युवा लक्षित कार्यक्रम आयोजना गर्ने सहमति भएको छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by