Jun 16, 2022
सिद्धार्थ उद्योग वाणिज्य संघमा उत्पत्ति प्रमाणपत्र सम्बन्धी दुई दिने तालिम 

२०७९ असार २ गते  

सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देही तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा  निकासीकर्ता उद्योगीहरूलाई लक्षित गरी उत्पत्ति प्रमाण पत्र जारी सम्बन्धी अनलाईन प्रक्रियावारे दुई दिने तालिम संचालन गरिएको छ । तालिमको समुद्घाटन कार्यक्रम संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । 

निकासीकर्ता उद्योगहरूलाई अनलाईन प्रक्रियावारे जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघसंग समन्वय गरी तालिम प्रदान गरिएको र यसबाट उद्योगीहरुलाई सहज हुने बताउनु भएको थियो  । 

महासचिव बिजय पाण्डेले उपस्थित सबैलाई स्वागत गर्दै आफुले सिकेका सिकाईलाई ब्यवहारमा प्रयोग गरी फाईदा लिनुपर्ने बताउनु भएको थियो । 

उक्त दुई दिने तालिममा निकासी गर्ने उद्योगहको तर्फबाट उत्पत्ति प्रमाणपत्र हेर्ने ३५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो  । 

कार्यकारी सचिव आनन्द खनालको संचालनमा भएको समुद्घाटन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो भने तालिमका प्रशिक्षकको भुमिका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अधिकृत इन्जिनियर मिलब श्रेष्ठले निभाउनु भएको थियो  ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by