Jun 10, 2022
बै‌किङ तथा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

मिति २०७९  जेठ २७ गते 

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र सनराइज बैंक भैरहवाको संयुक्त आयोजनामा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भयो । 

सनराईज बैंकका लुम्बिनी प्रदेश प्रमुख सुनिल मण्डलको सभापतित्व तथा संघका का.वा. अध्यक्ष ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरू तथा उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा उपस्थित सबैलाई संघका का.स.स. तथा बैंक, वित्तीय तथा वीमा उप समितिका संयोजक अभिवन मयुर कसौधनले स्वागत गर्नु भएको थियो । 

प्रमुख अतिथि ठाकुरकुमार श्रेष्ठले विद्यार्थीहरू उद्यमी बन्ने लक्ष्य लिनुपर्ने तथा यस प्रकारको शिक्षाबाट भविष्यमा बैंकसंग कारोवार गर्दा सहज हुने बताउादै शाक्षरता कार्यक्रम गर्न  सिद्धार्थ उद्योग वाणिज्य संघसंग सहकार्य गरेकोमा सनराईन बैंक परिवारलाई धन्यवाद दिनुभएको थियो । 

संघका महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उप समिति सदस्यहरू लगायत महिला उद्यमी व्यवसायी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रममा सहजिकरण बैंकिङ्ग इन्सीच्युट काठमाण्डौले गरेको थियो । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by