Jun 01, 2022
उद्योग वाणिज्य संघ–चितवनको राहत हस्तान्तरण कार्यक्रम

जेठ १८, भरतपुर । 

उद्योग वाणिजय संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरेको छ ।

गत बैशाख १५ गते भरतपुर महानगरपालिका वडा नं ३ कमलनगरमा भएको आगजनीका कारण क्षति भएका संघका सदस्य न्यू लामिछाने फेन्सी र एक्सप्रेस मोवाईल शपलाई जनही रु ५०,०००।– (अक्षेरुपी पचास हजार मात्र) का दरले राहत रकम प्रदान गरेको हो ।

राहत वितरण कार्यक्रममा वोल्दै संघका अध्यक्ष चुन नारायण श्रेष्ठले आगजनीका कारण व्यवसायीको करोडौंको क्षति भएको भएतापनि संघले आफ्ना सदस्यप्रति संघको दायित्व सम्झि राहत प्रदान गरेको बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस किसिमका विपत्ति पूर्व सूचना दिइ नआउने बताउंदै व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित र सुरक्षित तवरले संचालन गर्नुपर्ने बताउनु भयो । 

सोही कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहनलाल प्रधानले सदस्यता राहत कोषले सस्थाका सदस्यहरुलाई आकस्मिक रुपमा भैपरी आउने भौतीक क्षती पुगेको वेला व्यवसायीमा छाएको गम्भीर पिडालाई राहत महशुस गराउने उद्देश्यले यो कोषको स्थापना गरिएको बताउनु भयो । 

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले व्यवसायीले व्यवसाय मात्रै गरेर हुंदैन सामाजिक उत्तरदायित्वका काम पनि गर्नुपर्ने बताउदै यस कोषले व्यवसायीक सामाजिक उत्तर दायित्वमा समेत टेवा पुर्‍याएको बताउनु भयो । 

संघको कार्यसमिति बैठक कक्षमा आयोजना गरिएको उक्त कार्यक्रमा संघका पदाधिकारी, कार्यसमिति, नेउवामहासंघको कार्यकारीणी सदस्य, विभिन्न बस्तुगत संघका अध्यक्ष लगाएतको उपस्थिति रहेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीक राहतकोषलाई बढाउदै लैजान सकिएमा अहिलेको रकम भन्दा धेरै सहयोग गर्न सकिने बताउंदै धन्यवाद ज्ञापन गर्नुभयो । 

राहत रकम ग्रहण गर्दै संघका व्यवसायी एक्सप्रेस मोवाईल सपका प्रोपाईटर विष्णुमणी लामिछाने र न्यू लामिछाने फेन्सीका प्रोपाईटर सुर्यमणी लामिछानेले आफ्नो जतिसुकै क्षति भएतापनि संघले उपलब्ध गराएको राहतले आफुलाई संघको सदस्य भएकोमा गौरवको महशुस भएको बताउनु भयो । 

संघले २०७६ साल देखी आफ्ना सदस्य व्यवसायीलाई विपद् परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले व्यवसायी राहत कोषको स्थापना गरि राहत उपलब्ध गराउंदै आएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । संघले विगत केहि बर्ष देखी सदस्य केन्द्रित कार्यक्रमहरु निशुल्क कोरोना विमा, व्यवसायी राहत कोष लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको केसीले जानकारी दिनुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by