May 02, 2022
व्यवसाय प्रवर्द्धन र सूचना प्रविधि विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख १९, भरतपुर चितवन

उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा आज एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ-चितवन र कम्प्यूटर एशोसियसन अफ नेपाल चितवन शाखाको सयुक्त आयोजनामा व्यवसाय प्रवर्द्धनमा सूचना प्रविधि विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा आायोजित उक्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई कसरी सुचना प्रविधी संग जोड्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनु भयो । अध्यक्ष श्रेष्ठले अवको व्यवसाय प्रवद्र्धन हार्डवर्कीङ्गको जमानाबाट नेटवर्कीङ्गको जमानामा प्रवेश गरिसकेकोले प्रविधि र व्यवसायलाई जोड्नु पर्ने धारणा राख्नु भयो । उहांले अहिलेको बजार बृहत भएको बताउदै प्रतिष्पर्धात्मक रुपमा आफुलाई प्रविधि मैत्री बनाउन व्यवसायीलाई अनुरोध गर्नुभयो । 

सोही कार्यक्रममा वोल्दै कम्प्यूटर एशोसिएसन अफ नेपालका कार्यकारीणी सदस्य श्री भानु शर्माले  अवको व्यवसाय द्यद्दऋ नभएर म्द्दऋ हुनुपर्ने धारण प्रस्तुत गर्नु भएको थियो । व्यवसाय प्रवद्र्धन र सुचना प्रविधी विषयक प्रस्तुतीकरण ऋथदभच कानुनका विज्ञ राजनराज पन्त र कम्प्यूटर एशोसिएसन महासंघका कार्य समिति सदस्य ई. कृष्ण पोखरेलले प्रस्तुतिकरण दिनु भएको थियो । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, तृतिय उपाध्यक्ष सिरिष पन्त, क्यानका वागमती प्रदेश उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, उद्योग वाणिज्य संघ–चितवका कार्य समिति सदस्य, संघमा आवद्ध बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीज्यूहरुको उपस्थिति रहेको थियो ।
 
करिब ८० जना व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रम कम्प्यूटर एशोसिएसन अफ नेपाल चितवन शाखाका अध्यक्ष एवं उवासंघ चितवनका कार्य समिति सदस्य सन्तोष जनक भुसालले धन्यवाद सहित सम्पन्न कार्यक्रमउद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चाल नगर्नु भएको थियो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by