Apr 27, 2022
 
२०७९ बैशाख १३ गते औद्योगिक कोरिडोरहरुका उद्योगहरुमा विगत केही दिनदेखि लामो समयसम्म अघोषित विद्युत कटौती तथा लो भोल्टेज, ट्रिपिङ तथा विद्युत आपूर्तिको समस्या र विद्युत प्राधिकरणबाट लोड व्यवस्थापनका लागि विद्युत कटौती भइरहेकाले उद्योग सञ्चालनमा समस्या भएको विषयमा ध्यानाकर्षण भएकोले विद्युत कटौतीको समस्या समाधानका लागि रुपन्देहीका सबै  नेपाल विद्युत प्राधिकरणका  ग्रीड महाशाखा, प्रदेश कार्यालय र वितरण केन्द्रहरुलाई ध्यानाकर्षण पत्र  बुझाइएको थियो । उद्योगहरुमा विगत एक महिनादेखि दैनिक १२ घण्टा सांझ ६ बजेदेखि बिहान ६ बजेसम्म गरिएको अघोषित रुपमा लोडसेडिङले उद्योग सञ्चालनमा समस्या आएको तथा  नोक्सानी व्यहोर्नुपरेको कारण उद्योग सञ्चालन हुन नसकी बन्द गर्नुपर्ने स्थिति आएकोले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगीहरुलाई गुणस्तरीय तथा निरन्तर विद्युतको आपूर्तिको व्यवस्था मिलाइ  समस्या समाधान गरिनुपर्ने बताउनु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by