Apr 22, 2022
उद्योग वाणिज्य संघ चितवनको योजना तर्जुमा गोष्ठि शुरु

९ वैशाख, भरतपुर । 

उद्योग वाणिज्य संघ चितवनको आज दुई दिने योजना तर्जुमा गोष्ठि शुरु भएको छ । संघको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिले आगामी दुइ बर्षे कार्यकालमा आयोजना गर्ने कार्यक्रमहरु तय गर्नका लागि गोष्ठिको आयोजना गरेको छ । 

कार्यक्रममा मन्तब्य व्यक्त गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले संघको उद्देश्य र लक्ष्यलाई हासिल गर्ने सन्दर्भमा आगामी दुई बर्षमा के कस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहांले संघलाई समय सापेक्ष रुपमा सञ्चालन गर्न र संघले सदस्यहरुलाई प्रदान गर्ने सेवालाई परिस्कृत गर्दै चितवनको समग्र विकासमा योगदान पुर्‍याउनमा दुई दिने कार्ययोजना गोष्ठिले मार्गनिर्देश गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहांले योजना तर्जुमा गोष्ठिले तय गरेका कार्यक्रमलाई बर्तमान कार्यसमिति कार्यान्वयन गर्नका लागि  प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले संघले हालसम्म प्राप्त गरेको प्रतिष्ठा र ईज्जतलाई मनन गर्दै आगामी कार्यक्रम तय गरिनुपर्ने बताउनु भयो । 

सोही कार्यक्रमा आफ्रनो कार्यपत्र प्रस्तुत गर्दै संघका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानले संघले आयोजना गर्ने क्रियाकलापले संघ प्रतिको विश्वसनियता जोडिएको हुनाले सदस्यको हितका साथै कार्यक्रम आयोजना गर्दा संघले विश्वसनियता प्राप्त गर्नुपर्ने बताउनु भयो । कार्यपत्र प्रस्तुत गर्दै प्रधानले योजना बनाउन पूर्व आवश्यकता पहिचान गर्नुपर्ने बताउंदै त्यसको लागि तथ्यांक ठूलो औजार भएको बताउंदै यस तर्फ आवश्यक कार्यगर्नका  लागि कार्यसमितिलाई अनुरोध गर्नुभयो । 

सोही कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै संघका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडिले संघले विगतमा आत्मासात गर्दै आएका कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रका साथसाथै बर्तमान समयमा सम्भावित अन्य क्षेत्रको पनि पहिचान गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष दवाडिले दुई दिने गोष्ठिबाट ठोस कार्यक्रम आउनुपर्ने बताउदै कार्यक्रमको सफलताको कामना गर्नुभयो । 

उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी, पूर्वअध्यक्षज्यूहरु, कार्यसमिति सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्रोत व्यक्तिको रुपमा विनय महर्जनले भूमिका निर्वाह गर्नु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमले आगामी २ बर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन लगायत थप क्षेत्र सहित सदस्य हितका कार्यक्रमहरु सम्मिलित कार्ययोजना तयार गरिने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by