Apr 05, 2022
उद्योग वाणिज्य संघ चितवनको पूर्व कार्य योजना गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७८ चैत २१ भरतपुर ।

उद्योग वाणिज्य संघ चितवनले पूर्व कार्य योजना गोष्ठी एवम कर शिक्षा सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

संघको प्रत्येक २ बर्षको  अन्तरालमा हुने नेतृत्व परिबर्तन पश्चात २ बर्षे कार्यकालको लागि योजना तर्जुमा गर्ने सम्बन्धमा वस्तुगत संघहरुसंग पूर्व कार्य योजना तर्जूमा गोष्ठीको आयोजना गरेको हो । संघले संघमा आवद्ध रहेका ३६ वस्तुगत संघहरुको सहभागितामा योजना तर्जुमा गोष्ठीको आयोजना गरेको हो । 

गोष्ठीलाई सम्बोधन गर्दैै संघका अध्यक्ष चुननारायण श्रेष्ठले वस्तुगत संघबाट प्राप्त सुझावहरुलाई मध्ये नजर राख्दै संघले आगामी २ बर्षको लागि तयार गर्ने योजनामा राखिने बताउनु भयो । उहाँले वस्तुगत संघहरुले आफ्ना सदस्यहरुको माग र आवश्यकतालाई मध्यनजर राख्दै कार्यक्रम चयन गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कार्यक्रमहरु संघको गुणस्तर नीतिसंग मेल खाने हुनुपर्ने बताउँदै प्राप्त सुझावहरुलाई लिपिबद्ध गरी योजनामा राखिने बताउनु भयो । 

सोही कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले योजना छनौट गर्दा त्यसको उपादेयिता र आयोजना गर्न सकिने मात्र कार्यक्रमलाई छनौट गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष कल्याण जोशीले वस्तुगत संघले कार्यक्रम छनौट गर्दा आफुले गर्न नसक्ने तर उद्योग वाणिज्य संघ मार्फत गर्न मिल्ने कार्यक्रम मात्र छनौट गर्न अनुरोध गर्नुहूंदै कार्यक्रमको सफलताको कामना गर्नुभयो । 

गोष्ठीमा आफ्नो मन्तब्य राख्दै संघका उपाध्यक्ष एवम वस्तुगत संघ समन्वय समितिका संयोजक सिरिष पन्तले यस बर्षको संघको कार्य योजनामा प्राथमिकताको आधारमा सकेसम्म सबै वस्तुगत संघका कार्यक्रमलाई समेटिने बताउनु भयो । 

संघमा आवद्ध ३६ वटा वस्तुगत संघबाट प्रत्येक वस्तुगत संघका ३ जना सहभागी रहेको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजीकरण गर्नु भएको थियो ।  कार्यक्रममा विभिन्न वस्तुगत संघका करिब १०० जनाको सहभागिता रहेको थियो । कार्यक्रम भमनपा २९ स्थित अशोका रिशोर्टमा सम्पन्न भएको हो । कार्यक्रममा संघका पदाधिकारी, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघ चितवनले पूर्व योजना तर्जुमा गोष्ठिको अवसरमा कर शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । 

३६ वटा वस्तुगत संघका प्रतिनिधको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गदैै संघका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायीले कर तिर्नु दायित्व भएको तर कर तथा राजश्व व्यवसायीक हित र प्रबद्र्धनमा समेत खर्च गरिनुपर्ने धारणा राख्नु भयो । उहांले सरकारले लिएका कर सम्बन्धि नयाँ नीती, छुटको व्यवस्था लगायतका बिषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले करदाता सरकारले दिएका छुट र दिएका अवसरका बारेमा अनभिज्ञ हुंदा जटिलता सिर्जना हुने गरेको बताउनु भयो । उहांले कर प्रशासन र कर नीति व्यवसायी मैत्री रहेको बताउंदै जटिलता सिर्जना भएमा सहजीकरणको लागि आफु सहयोगका लागि सदैव तत्पर रहेको बताउनु भयो ।

संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले कर शिक्षा सम्बन्धी कार्यक्रमहरु आन्तरिक राजश्व कार्यालयको समन्वयमा आगामी दिनहरुमा निरन्तर गरिने बताउनु भयो ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत विष्णु बहादुर राउतले प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा अध्यक्ष चुननारायण श्रेष्ठको धन्यवाद ज्ञापन सहित सम्पन्न भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by