Mar 29, 2022
सौन्दर्य कला व्यवसायीलाई उवासंघको हेयर एन्ड स्किन केयर तालिम

१५ चैत, भरतपुर ।

उद्योग वाणिज्य संघ चितवनको तालिम कक्षमा आज एक दिवसिय हेयर एन्ड स्किन तालिम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवन तथा चितवन ब्युटि पार्लर युनिटिको संयुक्त आयोजनामा उक्त तालिम आयोजना गरिएको हो । चितवन जिल्लामा सौन्दर्यकला व्यवसाय गर्दै आइरहेका व्यवसायीलाई लक्षित गरि उक्त तालिमको आयोजना गरिएको हो । 

तालिमको उद्घाटन गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले संघले उद्यमी व्यवसायीको माग र आवश्यकतामा आधारीत कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा उक्त तालिमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघले महिला उद्यमशिलता विकासका लागि निरन्तर कार्यक्रम आयोजना गरिंदै आएको बताउनु भयो । उहाँले सौन्दर्यकला व्यवसाय आफैमा आत्मनिर्भर र स्वरोगाजारमूलक व्यवसाय हुनुका साथ साथै मानव स्वास्थ्यसंग पनि सम्बन्धित भएकोले यसलाई थप व्यसायीक र उत्तरदायी बनाउनुपर्ने बताउदै थप तालिमको आवश्यकता भएमा आगामी दिनहरुमा पनि यस किसिमको तालिम आयोजना गर्ने बताउनु भयो । 

तालिमको उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गदै चितवन ब्युटिपार्लर युनिटिका संस्थापक अध्यक्ष एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य योगिता पियाले संघले ब्युटिसियनको माग अनूरुप निरन्तर कार्यक्रम आयोजना गरेकोमा उद्योग वाणिज्य संघ चितवन प्रति आभार व्यक्त गर्दै थप कार्यक्रम आयोजना गर्नमा संघको सहयोग रहने अपेक्षा ब्यक्त गर्नु भयो । सोहि अवसरमा आफ्नो मन्तब्य राख्दै प्रशिक्षक मेनुका शिवाकोटीले यो अवसर प्रदान गरेकोमा आयोजक प्रति आभार व्यक्त गर्दै पेशाकर्मीहरु सिक्नका लागि निरन्तर प्रयास गर्नुपर्ने बताउनु भयो । 

चितवन जिल्लामा कार्यरत १२५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा मेनुका शिवाकोटी र सावित्री रेग्मीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । सोहि कार्यक्रममा उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन ब्युटि पार्लर युनिटिको बर्ष २०७९ को क्यालेन्डर समेत विमोचन गर्नुभएको थियो । तालिम कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरञ्जिवि सुवेदी, द्वित्तीय उपाध्यक्ष राजेन्द्र ओली, कार्यसमिति सदस्य रजनी मास्के, जनक पौडेल, सन्तोषजनक भुषाल, दिपा शाही, कार्यकारी निर्देशक निलबहादुर केसी , ब्युटि पार्लर युनिटिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । 

चितवन ब्युटिपार्लर युनिटका अध्यक्ष मिना उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by