Mar 21, 2022
उद्योग वाणिज्य संघ चितवनको स्वागत कार्यक्रम

७ चैत्र, भरतपुर । 

उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि चितवन जिल्ला प्रहरी प्रमुखको स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रुपमा आउनु भएका प्रहरी उपरिक्षक नवराज अधिकारीलाई संघमा स्वागत गरेको हो । 

स्वागत कार्यक्रममा मन्तब्य व्यक्त गदै संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समय देखी उद्यमी व्यवसायी र प्रहरी प्रशासन विचको सम्बन्ध सुमधुर रहंदै आएको बताउंदै आगामी दिनहरुमा पनि सम्बन्ध अझ बढि प्रगाढ रहने अपेक्षा ब्यक्त गर्नु भयो । कार्यक्रममा स्वागत गर्नु हुंदै अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र विकास लगायत यस जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरी संग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले संघले विकासको सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम स्थानिय प्रशासन , सुरक्षा निकाय , स्थानिय निकायसंग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो ।

सोहि कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर नराख्ने बताउंदै व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको धारणा ब्यक्त गर्नु भयो । स्वागत कार्यक्रममा बोल्दै प्रहरी प्रमुख अधिकारीले आमनागरिकले पनि आफु पनि प्रहरी रहेको अनुभुत गर्दै आफ्नो प्रहरी आफुनै वनि व्यवसाय एवम् आफ्नो सुरक्षामा सचेत रहन अनुरोध गर्नुभयो । 

सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले चितवन जिल्लाको सुरक्षा व्यवस्थापन होस् वा अपराध न्यूनिकरणका सवालमा होस उद्योग वाणिज्य संघ चितवनले विगतमा पनि सहकार्य गरेको र आगामी दिनमा समेत सहकार्य गर्ने बताउनु भयो । 

सोहि कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै संघका पुर्व अध्यक्ष एवम् नेपाल उद्योग संघका केन्द्रिय अध्यक्ष डा. तिलचन्द्र भट्टराईले चितवन जिल्लामा आर्थिक गतिविधिलाई चलायमान गरानको लागि व्यस्थित एवम् मर्यादित रात्रिकालिन व्यवसाय सञ्चालन गर्ने आवश्यकता रहेको बताउनु भयो । 

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत १०० जनाको उपस्थिति रहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको स्वागत कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नु भएको थियो । सोहि कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग संघका नवनिर्वाचित अध्यक्ष डा. तिलचन्द्र भट्टराईलाई दोसल्ला ओढाई बधाइ ज्ञापन सहित सम्मान गर्नु भएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by