Mar 05, 2022
६३ औं वार्षिक साधारण सभा सम्पन्न
 
२०७८ फाल्गुन २१  गते 

शनिवार सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीमा संघको ६३ औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो । 

संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता एवं नेपाल सरकारका माननीय गृह मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री माननीय घनश्याम भुसालको विशिष्ट आतिथ्यमा उक्त साधारण सभा सम्पन्न भएको थियो । 

अध्यक्ष भीष्म प्रसाद न्यौपानेले उक्त सभामा उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत सम्पूर्णलाई स्वागत गर्दै सरकारका अस्थिर नीतिको कारण उद्योगी व्यवसायीहरूलाई सहज रूपमा कारोवार गर्न समस्या परेको, भैरहवामा ICP निर्माण गरिनुपर्ने, बैंकहरूको चर्को ब्याजदर कम गर्नु पर्ने, कोरोनाको कारण प्रभावित पर्यटन उद्योगीहरू तथा साना तथा मझौला उद्योगी व्यावसयीहरूलाई पुनरउत्थान कार्यक्रम प्रदान गरिनु पर्ने  सरकारका विकास निर्माणका कामहरू समय मै सम्पन्न गर्न व्यवसायीका समस्या सम्बोधन गरिनु पर्ने बताउनु  भएको थियो । समारोहका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सबै सरकारहरु अव आर्थिक विकासमा केन्द्रित हुने पर्ने बताउनु भएको थियो । सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले कम राजस्व लिने मध्ये सिद्धार्थनगर नगरपालिका पर्ने बताए समुद्घाटन समारोहका विशिष्ट अतिथि माननीय घनश्याम भुसालले देशको समृद्धिको लागि उद्योग र उत्पादन क्षेत्रको विकास गरिनु पर्ने  र उद्योगको रक्षा गर्ने राजनीतिक दलको  एजेण्डा हुनुपर्ने विचार व्यक्त गर्दै  साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । 

प्रमुख अतिथि माननीय गृह मन्त्री बालकृष्ण खाँडज्यूले सरकार निजी क्षेत्र मैत्री रहेको र उद्योगी व्यवसायीका केहि समस्या भए सरकार तयार रहेको तथा एमसीसीले नेपालको विद्युत क्षेत्रमा विकास हुने र त्यसको लाभ उद्योगी व्यवसायीहरूले पाउने तथा उद्योगी व्यवसायीको विद्युत सम्बन्धी समस्या ‘ट्रंकलाइन’ समाधान नहुँदासम्म लाइन नकाटिने उनले प्रतिवद्धता व्यक्त गर्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवाल महेन्द्र कुमार श्रेष्ठ,  महासंघका एशोसियट उपाध्यक्ष, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माज्यूहरुले राष्ट्रका मेरूदण्ड उद्योगी व्यवसायी भएकोले उनीहरूका माग सरकारले सम्बोधन गर्नु पर्ने विचार ब्यक्त गर्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by