Mar 03, 2022
पार्किङ्ग व्यवस्थापनमा तथा बेलहियानाका सुधारमा जोड दिन अनुरोध

२०७८ फागुन १८ गते 

रुपन्देही जिल्लाका नवआगन्तुक प्रहरी उपरिक्षक श्री रविन्द्र रेग्मीसंग भेटघाट तथा परिचयात्मक छलफल कार्यक्रम सम्पन्न गरियो । अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी प्रमुखलाई निजी क्षेत्रको तर्फबाट स्वागत गर्दै रुपन्देही जिल्लामा तथा भैरहवा बजार क्षेत्रमा  देखिएका शान्ति सुरक्षा तथा पार्किङ व्यवस्थापन गरिनु पर्ने, पर्यटकीय क्षेत्र भएकोले पर्यटकहरुलाई सेवा सुविधा गर्न भैरहवा र बुटवलका बजारहरु रात्री बजारको रुपमा विकास गरिनु पर्ने  तथा बेलहियानाका सुधार गर्नु पर्ने तथा सुझावहरू दिइएको थियो । महासचिव विजय पाण्डेज्यूको संचालन तथा बरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठबाट धन्यवाद ब्यक्त गरिएको उक्त छलफल कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष, सल्लाहकार तथा कार्य समिति सदस्यज्यूहरूको सहभागिता रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by